२५ बैशाख, काठमाडौं ।

विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम सरकारमा सहभागि हुने भएको छ । पार्टी अध्यक्ष गच्छदारकै नेतृत्वमा फोरम लोकतान्त्रिक सरकारमा जाने नेता रामजनम चौधरीले जानकारी दिए ।

प्रधानमन्त्री कार्यालयका अनुसार गच्छदारले उपप्रधानमन्त्री सहित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय सम्हाल्ने छन् । त्यस्तै फोरम लोकतान्त्रिकले आपूर्ति मन्त्रालय पनि पाउने लगभग पक्का भएको छ ।

उक्त मन्त्राहरु यसअघि राप्रपाले सम्हालिरहेको थियो । तर प्रधानन्यायाधीश सुशिला कार्किविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेसँगै असन्तुष्ट रहेको राप्रपा सरकारबाट बाहिरिएको थियो ।

सरकारमा जाने अन्य व्यक्तिको बारेमा छलफल गर्न फोरम लोकतान्त्रिकको बैठक अहिले केही बेरमा बस्दैछ । सकेसम्म नयाँ मन्त्रीहरुलाई आजै सपथ खुवाउने तयारी छ ।