बि.स.२०७४ जेष्ठ ०७ गते । आईतबार । ईश्वी सन् २०१७ मे २१ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९३८ । ज्येष्ठ कृष्ण पक्ष । तिथि दशमी,१६ घडि १२ पला । बिहान ११ बजेर ४३ मिनेट उप्रान्त एकादशि । नक्षत्र पूर्वाभाद्रपदा ३ घडि ५१ पला, बिहान ६ बजेर ४६ मिनेट उप्रान्त उत्तराभाद्रपदा । योग विष्कुम्भ २० घडि ४१ पला,दिउँसो १ बजेर ३१ मिनेट उप्रान्त प्रिती । करण भद्रा, बिहान ११ बजेर ४३ मिनेट उप्रान्त वव बेलुका ११ बजेर ५ मिनेट उप्रान्त वालब । आनन्दादिमा चर योग । चन्द्रराशि मीन । पञ्चक ।

काठमाडौंमा सूर्योदय ०५ बजेर १४ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर ४८ मिनेट जादा । दिनमान ३३ घडी ५५ पला ।

यो पढ्नुस् : २०७४ साल- बार्षिक राशिफल

mesh

मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

अनाबस्यक खर्च बढ्न सक्छ होस गर्नु जरुरि देखिन्छ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने भएपनि दैनिक कामकाज बिग्रन सक्छ ध्यान दिनुहोला । लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ । बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

brish

वृष राशिTaurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुँने हुँदा पढाई लेखाईमा मन जानेछ । बिभिन्न अवसरहरुले पछ्याउँने हुँदा राम्रा परिणाममुखि काम गर्न सकिनेछ । सरकारि सम्पति तथा पृत्रिक सम्पति हात लागि हुँने प्रसस्त सम्भावना रहेको छ ।

mithun

मिथुन राशि Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)

राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाईनेछ । नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुँने योग रहेको छ । सम्मानित काम गरि सबैको मन जित्न सकिनेछ । पढाई लेखाईमा अरुलाई धेरै पछाडि छोड्न सकिनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ । साथिभाई तथा शुभचिन्तक हरुको साथ तथा समर्थन रहने हुँनाले दैनिक कामहरु गर्न सहज हुँनेछ ।

karkat

कर्कट राशिCancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आफन्त तथा साथिभाई सँग मिठा मिठा कुरा गरि दिन कटाउँन सकिनेछ । धर्म कर्ममा ध्यान जाने तथा आफ्नो सस्कृति जोगाउँन समय खर्चिनु पर्नेछ । सानो प्रयासबाट नै ठुलो काम बन्नेछ । अध्ययन तथा अध्यापनमा राम्रो प्रगति गर्न सकिनेछ । व्यापारमा थोरै लगानिबाटनै भनेजस्तो नाफा कमाउँन सकिनेछ । ईज्जतिलो काम गरेर सबैको मन जित्न सकिनेछ ।

sigh

सिंह राशिLeo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

परिवारमा आफन्त तथा पति पत्निबिच विवाद बढ्नेछ । माईति चेलिबिचको सम्बन्धमा फाटो ल्याउँन आफन्तहरुनै लागि पर्नेछन् । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ख्याल गर्नुहोला । सार्वजनिक महत्वको कामगर्दा ख्याल गर्नुहोला भ्रष्टाचार सम्बन्धि मुद्दामा फस्ने योग रहेकोछ । अध्ययन तथा अध्यापनमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । व्यापारमा घाटा लाग्ने योग रहेको छ ।

kanya कन्या राशिVirgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

माया पे्रमको गाठो मजबुत भएर जानेछ भने बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ । आफन्तका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । तर्क क्षमतामा बृद्धि हुँनेछ भने पढाई लेखाईमा अरुभन्दा अगाडि तपाईको नाम आउँदा मन प्रशन्न रहनेछ । पति पत्निका साथ रमाईलो यात्रा गर्ने अवसर प्राप्त हुँनेछ । सवारि साधन तथा भौतिक सम्पति जोड्ने योग रहेको छ ।

tula

तुला राशि Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुँनेछ । व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा तपाईको बलियो पकड रहनेछ । सत्रुहरुलाई परास्त गर्दै कामहरु बनाउँन सकिनेछ ।

brishchik

वृश्चिक राशिScorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ योजनाहरुलाई कार्यान्वयनको चरणमा लान सकिनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुँने योग रहेको छ । आफुले मन पराएको मानिसबाट उपाहार प्राप्त हुँने हुँनाले मन प्रशन्न रहनेछ । व्यापारबाट सोचेजस्तो आम्दानि गर्न सकिनेछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुँने हुँनाले आफन्त हरु खुसि हुँनेछन् । सन्तानको प्रगति देखेर मन रमाउँनेछ ।

dhanu

धनु राशिSagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आमा वा आमा सरहका मानिसको सल्लाह तथा उपदेसलाई स्वीकार गरि अगाडि बढ्दा गन्तब्य पहिल्याउन सहज हुँनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा कमजोर भईएला । आफ्नो भन्दापनि समाजको काममा समय ब्यातित हुँदा आफ्नो काम थाति रहनेछ । राजनिति तथा समाजसेवामा जनताको मन जित्न निकैनै मेहनेत गर्नुपर्नेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

makar

मकर राशिCapricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

माया प्रेममाको गाठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसियालि छाउँनेछ । बनभोज तथा यस्तै समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । दाजुभाई तथा अन्य ईष्टमित्रबाट सहयोग हुने हुँदा मन खुसि रहनेछ । छोटो दुरिको यात्रा तय हुनेछ । उद्योग तथा व्यावसायमा लगानि बढाई भनेजस्तो नाफा कमाउँन सकिनेछ । पराक्रम बढेर जानेछ ।

kumbhaकुम्भ राशि  – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

पढाई लेखाईमा सुधार आई नतिजा आफ्नै पोल्टोमा पर्नेछ । व्यापार व्यावसायमा बृद्धि भई आम्दानिमा बढोत्तरि हुँनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुँनेछन् । कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउँनेछ । आय आर्जनमा बृद्धि हुँनेछ भने कुटुम्ब तथा दाजुभाईबाट भनेजस्तो सहायोग पाईने हुँदा काम गर्न सहज हुँनेछ ।

min

मीन राशिPisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

क्षमता प्रदशन गरेर नाम तथा दाम दुबै कमाउँन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउँन सकिनेछ । परिवारका साथ रमाईलो बाताबरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । व्यावसाय फस्टाएर भने लगानिको नयाँ बाताबरण बन्नेछ । दुख सुखमा साथ दिनेहरु प्रशस्त भेटिनेछन् ।

taranath-bhandari-1558396यूवा ज्योतिषी तारानाथ भण्डारी
ज्योतिष परामर्श सेवा केन्द्र
काठमाडौं फोन नं .९७४१०६८९६२