काठमाडौं, ९ जेठ । भारतीय लोकसभा चुनावको मतगणना चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाइ दिएका छन् ।
ट्वीटरमा मोदीलाई मेन्सन गर्दै ओलीले चुनावी परिणाम नआउँदै बधाइ दिएका हुन् । ‘लोकसभा चुनाव २०१९ मा विशाल जितका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई हार्दिक वधाई दिन चाहन्छु, ओलीले लेखेका छन्, तपाइको पूर्ण सफलताको शुभकामना पनि व्यक्त गर्दछु । आगामी दिनमा अझ नजिक रहेर सहकार्य गर्न इच्छुक रहेको पनि जानकारी गराउँछु ।’
चुनावको मतगणना चलिरहँदा मोदीको पार्टी भारतीय जनता पार्टीले बहुुमत ल्याउने निश्चित जस्तै देखिएको छ । पछिल्लो परिणाम अनुसार भाजपाले ३ सय ५० सिटमा अग्रता लिएको छ ।
I extend warmest congratulations to Prime Minister @narendramodi ji for landslide election victory in the Lok Sabha Elections 2019. I wish all success ahead. I look forward to working closely with you. #PMOIndia
— K P Sharma Oli (@kpsharmaoli) May 23, 2019