२५ पुस, एजेन्सी । खाडीमुलुक पछाडि नेपालीहरु सबैभन्दा धेरै जाने देश को जापान । यो देशमा नेपालीहरुको संख्या बढेसँगै नेपालमा बसेका नेपालीहरुमा पनि जापानप्रति चासो बढ्नु स्वभाविक नै हो । जापानको बारेमा विभिन्न तत्थ्यहरु खोज्दै हुनुहुन्छ भने तपाईं सही ठाउँमा आइपुग्नभयो ।

जापान एक अद्वितीय संस्कृति र सामाजिक परिवेश भएको देश हो । कला, संस्कृति र त्यहाँको आर्थिक विकासलाई हेर्ने हो भने जापानकको तुलना विश्वका अन्य देशहरुसँग सायदै हुनेगर्छ । आज हामी जापानको बारेमा ११ रोचक तथ्यहरूको बारेमा बताउन गइरहेका छौँ ।

१. बच्चाको तुलनामा वृद्ध बढी छन् ।
बच्चाको जन्मदरमा कमि आएपछि जापानमा बच्चाको भन्दा वृद्धको संख्या बढेको छ । यसलाई त्यहाँको सबैभन्दा ठूलो समस्याको रुपम हेरिएको छ । जापानी समाजमा परिवार बसाल्नको लागि मानिससँग समय नभएको एक अध्ययनले जनाएको छ । उनीहरु एकदमै धेरै समय काममा फोकस हुने भएकोले पनि त्यहाँ बच्चाभन्दा वृद्धहरुको संख्या बढेको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् । त्यहाँ बच्चाहरुको डायपर भन्दा बढी वयस्क डायपरहरू बेच्छन् । अहिले विश्वको सबैभन्दा बढी उमेरका दुई मानिसहरु पनि जापानबाट नै छन् । उनीहरुको उमेर ११६ र ११७ वर्षका भए ।

२. एकदमै कम अपराध हुने देश
जापान विश्वको सबैभन्दा सुरक्षित देशहरू मध्ये एक हो । यहाँ अपराधको दर एकदमै कम छ । अन्त कतै अपराधको चिन्ता छ भने जापानमा जाँदा हुने विभिन्न देशका अधिकारीहरु बताउँछन् । यहाँ सबभन्दा साधारण अपराधमा साइकल चोरी र स्टोर बाहिर राखिएको छाता चोर्नु हो । त्यहाँ कुनै अपराध गरेमा सजाय बढी भएकोले पनि अपराधको दर बढेको हो ।

३. जताततै भेन्डिङ मेसिन
जापानको यात्रा गर्दा विभिन्न स्थानमा भेन्डिङ मेशिनहरू देखिन्छ । शहरको जताततै, सबै कुनामा देखिने भेन्डिङ मेसिन लगभग आधुनिक जापानी संस्कृति को एक हिस्साजस्तै भइसकेको छ । ठूला शहरहरूमा दुबै तातो र चिसो कफि पाइन्छ । मेशिनमा पानीका बोतलहरुको साथै अन्य विभिन्न प्रकारका पेय पदार्थहरु पाउन सकिन्छ । यहाँका धेरै रेस्टुरेन्टहरूले भेन्डिङ मेशिनहरू प्रयोग गर्न सुरू गरिसकेका छन् । सहरहरूमा सिधा नाश्ता र खाना बेच्ने प्रशस्त मेसिनहरु पनि छन् ।

४. जापानमा ६८५२ टापु
जापान एक टापु राष्ट्र हो भन्नेकुरा तपाईंहरुलाई थाहा नहुन सक्छ । जापानमा ६८ सय भन्दा धेरै टापुहरु छन् । त्यहाँका चार ठूला टापु होन्शु, होक्काइडो, क्युशु र शिकोकू हो, जसले कुल क्षेत्रफलको करिब ९७ प्रतिशत भू–भाग ओगटेको छ । ओकिनावा टापुको सुन्दर समुद्री तट र त्यहाँको वातावरण धेरै मानिसहरुको लागि सम्झनलायक छ ।

५. सफाई गर्नु हरेक विद्यालयको शिक्षा
कानून र जापान जापानमा महत्वपूर्ण कुरा हो, जुन बालबालिकाहरुलाई पहिल्यैदेखि सिकाइने गरिन्छ । धेरै जापानी स्कूलहरूले आफ्ना विद्यार्थीहरूलाई सफा शौचालय, कक्षा कोठा र स्कूल क्षेत्र बनाउन प्रेरित गर्ने गर्छन् । स्कूलहरू सफा गर्ने मानिसहरु छुट्टै राख्नु नपर्ने भएकोले यसले पैसाको बचत पनि गर्छ । कल्पना गर्नुहोस् यदि नेपालमा पनि देशमा त्यस्तो भएको भए ? जापानीहरुले रुसमा भएको विश्वकप फुटबल प्रतियोगितामा पनि खेल सकिएपछि मैदान सफा गरेको विश्वभरको मिडियाहरुले खबर लेखेका थिए ।

६. जापानमा लिङ्ग चाड मनाइन्छ
जापानमा यो चाड कानमारा मत्सुरीको नामले चर्चित छ, जसको अर्थ ‘चोरीको लिङ्गको लागि चाड’ हो । त्यो चाड जापानको कावासाकी शहरमा अप्रिल महिनाको पहिलो आइतवार मनाइन्छ । यस चाडमा चकलेटका क्यान्डीहरु, तरकारीहरू र अन्य सजावटका सामानहरू लगायत सबै चीजहरूमा पुरुष प्रजनन अंग वा प्रजननसम्बन्धी अन्य चीजहरूको आकार हुन्छ ।

७. वर्षमा १५ भन्दा बढी भूकम्प
जापानमा १ वर्षमा करिब १५ सय भन्दा बढी भूकम्प जानेगर्छ । हरेक वर्षको भूकम्प आउने संख्या फरक भएता पनि सामान्यतया सामान्यतया १५ सय भन्दा बढी भूकम्प जानेगरेको त्यहाँको सरकारी निकायले जनाएको छ । तीमध्ये धेरै भूकम्पहरु एकदमै कम रेक्टर स्केलका हुन्छन्, जुन आएको गएको पत्तै हुँदैन । तर, प्रत्येक बर्ष ८ रेक्टर स्केलभन्दा ठूला भूकम्पहरू पनि जाने गर्छन् ।

८. काम गर्ने ठाउँमा सुत्ने ठाउँ
जापानी मानिसहरु संसारमा कुनै पनि अन्य देश भन्दा बढी काम गर्दैछन् । उनीहरुमा दिन लामो हुने भएकोले पनि काम गर्ने घण्टाहरु बढ्छन् । केही वर्ष पहिले देखि, केहि रोजगारदाताहरूले आफ्ना कर्मचारीहरूलाई कामको समयमा केही समय सुत्न, रिचार्ज गर्न र थप शक्ति सञ्चय गर्न दिइरहेका छन्, जसले उसले कम्पनीका लागि धेरै योगदान गर्न सकोस् । कतिपय मानिसहरु त मेट्रोरेलहरुमै सुतेर आफ्नो निद्रा पुर्याइरहेका हुन्छन् । लामो समय काम गर्नेहरुको लागि कम्पनीले रिफ्रेसमेन्टको लागि यस्तो व्यवस्था गरेको हो ।

९. फल सबै भन्दा राम्रो उपहार
जापानमा फलफूल सबैभन्दा राम्रो उपहार मानिन्छ । पहिला सस्तोमा पाइने फलफूहरु आजकल धेरै महंगो भएकोले पनि जापानमा तरकारी र फलफूललाई राम्रो उपहारको रुपमा मानिन्छ । पहिलाको तुलनामा कृषि क्षेत्रमा लाग्ने मानिसहरुको कमि भएको कारणले पनि जापानमा कृषिजन्य उत्पादनको मूल्य बढी भएको हो ।

१०. ३ हजार भन्दा बढी म्याकडोनाल्ड रेस्टुरेन्ट
जापानपछि अमेरिकामा सबैभन्दा धेरै म्याक्डोनाल्डका रेस्टुरेन्टहरू छन् । त्यसको बाबजुद पनि, सहरका वरिपरि हिंड्दा यस्ता रेस्टुरेन्टहरु भेट्न मुस्किल पर्छ ।

११. चाउचाउ खाँदा सुरुप्प गर्नु राम्रो
नेपालजस्ता केही दक्षिण एशियाली देशहरुमा सुरुप्प आवाज निकालेर केही कुराहरु खानुलाई अशिष्ट मानिएता पनि जापानमा भने चाउचाउ खाँदा ‘सुरुप्प’ आवाज निकालेर खानु शिष्ट मानिन्छ । यस्तो गर्नाले तपाईंले खाना पकाउने कुक र खानको सम्मान गरेको बुझिन्छ । साथै खाना स्वादिलो छ भन्ने एउटा संकेत गर्नको लागि पनि ‘सुरुप्प’ गर्ने गरिन्छ ।