२ फागुन, एजेन्सी । भारत आन्ध्र प्रदेशको बिजयवाडामा एक भिक्षा मागेर हिँड्ने एक व्यक्तिले मन्दिरका लागि ७ लाख रुपैयाँ दान गरेका छन् ।

७३ वर्षीय ती वृद्धले पछिल्लो ७ वर्षको अवधिमा यो रकम दान दिएका हुन् । उनले एक गौशााला पनि निर्माण गर्न सहयोग गर्ने बताएको मन्दिर प्रशासनले जनाएको छ । ति व्यक्ति भन्छन्, ‘मन्दिरमा दान दिन थालेदेखि मेरो आम्दानी पनि बढ्दै गएको छ ।’ मन्दिर प्रशासनले उनको दानशीलताको खुलेर प्रसंशा गरेको छ । यादी रेड्डी नाम गरेका ति व्ययक्ति मन्दिर बाहिर बसेर भिक्षा माग्ने काम गर्छन् ।

यसअघि उनले आफ्नो जीवन निर्वाहका लागि ४० वर्ष रिक्सा चलाएका थिए । तर घुँडाको समस्या भएपछि उनी मन्दिरबाहिर भिक्षा माग्न बसेका हुन् । पहिलाे पटक उनले एक लाख रुपैयाँ साइबाबा मन्दिरलाई दान दिएको बताउँछन् ।

रेड्डीले आफूले मन्दिरमा दान दिन थालेपछि मान्छेहरुले चिन्न थालेको र आफूलाई भिक्षा दिनेहरुपनि बढेको बताए । ‘मैले अहिलेसम्म ८ लाख रुपैयाँ मन्दिरमा दान दिइसके, उनी भन्छन् -मेरो सबै कमाई म मन्दिरमा चढाउँछु ।’