३ चैत, काठमाडौं । दाङमा बसबाट लडेर एक महिलाको मृत्यु भएको छ । तुल्सीपुर उपमहानगरपालिका १४ भोजपुरमा आज विहान बसबाट ओर्लने क्रममा लडेर उनको मृत्यु भएको हो ।

तुल्सिपुरबाट मलवारतर्फ जाँदै गरेको ना ४ ख ५४६३ नम्बरको बसबाट ओर्लने क्रममा सोही ठाउँकी ५५ वर्षीया सुशिला वली आज बिहान पौने ९ बजे लडेकी थिइन् । दुर्घटनामा गम्भीर घाइते भएकी वलीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पतालमा बिहान ९ बजे मृत्यु भएको हो । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

मकवानपुरको राक्सिराङ गाउँपालिका ६ मा आज मिनी ट्रक पल्टिदा १ जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी छ । राक्सिराङबाट कुचो लिएर चितवनको भण्डारातर्फ जाँदै गरेको ना ७ ख ७२ ९५ नम्बरको मिनी ट्रक सडकबाट खोल्सामा खसेको थियो ।