no-crime१५ माघ, एजेन्सी । विश्व नै अपराधका कारण चिन्तित रहेको अवस्थामा अपराध नै नहुने ठाऊँ पनि छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, भारतको छत्तिसगढको कोरबा जिल्लामा एउटा यस्तो गाउँ छ, जहाँ पछिल्लो १ सय ७ वर्षदेखी कुनै अपराधको घटना घटेको छैन् ।

 

उक्त गाउँमा अहिलेसम्म कुनै प्रकारको झगडा-विवाद, चोरी, डकैती समेत भएको छैन् । उक्त गाउँबाट अहिलेसम्म कुनै पनि उजुरी प्रहरीमा पुगेको छैन् । उक्त गाऊँमा हुने गरेका कुनै पनि घटना प्रहरीसमक्ष पुगेका छैनन् । यदी कुनै विवाद भएपनि उक्त विवाद गाउँमा नै सुल्झिन्छ । गाउँकै चौपालले उक्त विवादको अन्त्य गर्छ । यसैले पनि भारतले उक्त गाउँलाई आदर्श गाउँको रूपमा घोषणा गरेको छ ।

 

उक्त गाउँ जिल्ला मूख्यालयबाट करिब ६० किलोमिटरको दूरीमा रहेको छ । फुलझर नामक उक्त गाउँमा सन् १९०७ देखी अहिलेसम्म कुनै विवाद, मारपिट, चोरी भएको घटना प्रहरीसम्म पुगेको छैन् । यदी कुनै विवाद भएमा त्यो पनि चौपाल मार्फत नै ती विवाद सुल्झिन्छन् । चौपाललाई नै उक्त गाउँको न्यायको मन्दिर भन्ने गरिन्छ । उक्त फुलझर गाउँलाई मुख्यमन्त्रीले केही दिन पहिले पुरस्कृत समेत गरेका थिए ।

 

गाउँमा हुने सामान्य विवाद गाउँमा नै सुल्झिने त्यसले निकै ठुलो घटनाको रूप लिएको अहिलेसम्म आफूहरुले थाहा नपाएको पनि स्थानीयबासीहरु जनाउँछन् । उक्त गाउँका हरेक युवक सिपाही हुन् र उनीहरूलाई गाउँका महिला तथा युवतीहरूको सुरक्षाको जिम्मेवारी दिइएको छ ।

 

यहाँको प्रहरीले पनि गाऊँ आदर्श गाउँ भएको बताउने गरेका छन् । उनीहरुले पनि आफूहरूलाई अहिलेसम्म कुनै उजुरी दर्ता गरेको थाहा नै छैन् ।