अहिले हनुमान जन्मेको चर्चा भारतमा निकै चलेको छ । भारतको चण्डिगढमा एक बालकको शरिरमा पुच्छर पलाएपछी हनुमान जन्मिएको भन्दै पुजा गर्न थालिएको हो । हनुमानको पुनर्जन्म भएको भन्दै भगवान् मानेर पुजा गरिरहेका छन् ।

भारतको चण्डिगढका १२ वर्षीय बालक बालाजीको ढाडमा पुच्छर जस्तै गरी मासु पलाएको छ । त्यहाँका स्थानियले हनुमानको पुनर्जन्म भएको मान्दै पुजा गरेपनि चिकित्सकहरुले भने यसलाई स्पाइनल कर्डको समस्या भएको बताएका छन् । स्पाइनल कर्ड बढ्ने क्रममा समस्या हुँदा यस्तो समस्या आएको उनीहरुको भनाई छ । चिकित्सकहरूले यसलाइ रोक्न या फ्याक्न नसकिए यसले बालकलाई थप समस्यामा पार्ने बताएका छन् ।

तर यता ती बालकले भने आफुलाई यो पुच्छर मन परेको बताएका छन् । उनले आफूले यो पुच्छरका कारण नै आफूलाई अरूले पुजा गर्ने गरेको र आफ्नो अगाडि झुक्ने गरेको बताएका छन् । आफुलाई आफ्नो पुच्छरको रूपमा पलाएको यो मासु निकै मन परेको बताएका छन् ।

Boy-of-12-with-a-tail-growing-from-his-back Boy-of-12-with-a-tail-growing-from-his-back