baburam bhattrai८ साउन, काठमाडौ । एमाओवादीका नेता डा. बाबुराम भट्टराईले अहिले आफू प्रधानमन्त्री भएको भए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने बताएका छन् ।

आफ्नै निवास सानेपामा आज सिमित सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले पूर्वराजा ज्ञानेन्द्रले आफूलाई राजा बनाइदिए भनेको मान्ने भन्दै शक्तिकेन्द्रमा दूत पठाएको आफूलाई थाहा हुन आएको भन्दै यस्तो गर्ने व्यक्तिलाई आफू प्रधानमन्त्री भएको भए जेल हाल्ने बताएका हुन् ।  उनले देशव्यापी घुमेर ज्ञानेन्द्रले चुनाव भाड्न षड्यन्त्र गरेको भन्दै उनले सरकारले जेल हाल्नु पर्ने माग गरेका छन् ।

उनले पूर्वराजा ज्ञानेन्द्रले  निर्वाचन भाड्ने षड्यन्त्र गरेको आरोप लगाएका छन् । उनले भारतीय व्यापारीसँग साँठगाँठ गर्ने ज्ञानेन्द्र राष्ट्रवादी हुन नसक्ने जिकिर गर्दै केही क्रान्तिकारी भनाउँदा साथीहरूले पनि ज्ञानेन्द्रलाई राष्ट्रवादी देख्नु अनौठो कुरा भएको बताए । ज्ञानेन्द्रलाई राष्ट्रवादी देखाएर लोकतन्त्रवादी दलाल सवित गर्न खोजिएको भन्दै उनले दलहरू बेलैमा सचेत हुनु पर्ने बताए ।