curiosity blast the rock४ असार, एजेन्सी । मंगल ग्रहमा जीवनको खोजीका लागि काम गरिरहेको क्युरियोसिटी रोभरले मंगल ग्रहमा त्यहाँ रहेका केही ढुङगाहरू फुटाएको छ र त्यसका तस्विरहरू पठाएको छ । उच्च स्तरीय क्यामेरा, ड्रिल मेसिन, लेसर जस्ता प्रविधीले भरिपूर्ण उक्त क्युरिओसिटीले गत मे ११ मा पनि केहि यस्तै तस्विरहरु पठाएको थियो ।

क्युरिओसिटीले उक्त ढुङ्गा फुटाउनका लागि ४ मिलिमिटर प्वाल पारेको थियो । ४ मिलिमिटर प्वाल पार्न कम्तिमा क्युरिसिटीले १ सय लेजर विस्फोट प्रयोग गरेको थियो ।

क्युरिओसिटीले फुटाएको उक्त ढुङ्गाहरू केही स्लोप राख्दै फूटेका थिए । उक्त ढुङ्गा फुटेपछि ती ढुङ्गाबाट निस्किएको धुलोको समेत केमक्याम(केमेष्ट्री क्यामरा)द्धारा जाँच गरिएको नाशाले जनाएको छ ।