२६ असार, एजेन्सी । सामसुङको ग्यालेक्सीको चर्चा अहिले विश्वभर नै छ । प्रविधी र मोबाइल फोनका शौखिन जोकोहीका लागि पनि रहरको विषय बनेको यो सामसुङको ग्यालेक्सी मोबाइलले स्विजरल्याण्डकी एक किशोरीलाई भने धोका दिएको छ ।

१८ वर्षीय किशोरी फन्नी स्क्लाटरको खल्तिमा नै सामसुङको ग्यालेक्सी एस ३ पड्किएपछी उनको झण्डै ज्यान गएन । उनको शरिरका धेरै भाग पोलेको थियो । उनले अब आफूले सामसुङ विरूद्ध मुद्दा हाल्ने तयारीमा छिन् ।

ती किशोरीका अनुसार उनी पेन्टिङको काम गरिरहँदा ठुलो आवाजमा केही पड्केको सुनिन् । विस्फोटपछी निकै नराम्रो गन्ध आयो र मैले मेरो लुगामा आगो लागेको थाहा पाए । त्यतिबेलासम्म आगो उनको काँधसम्म पुगिसकेको थियो र उनको शरिरमा लागेको आगो उनका हाकिमले आएर निभाईदिएका थिए ।

उनलाई अन्य साथीहरुको सहयोगमा बाथरूम लगियो र बाँकी रहेको आगो निभाइयो । त्यसपछी उनलाई अस्पताल पुर्याइएको थियो ।

Exploding-Samsung-Galaxy-phone-leaves-teenager-degree-burns Exploding-Samsung-Galaxy-phone-leaves-teenager-degree-burns Exploding-Samsung-Galaxy-phone-leaves-teenager-degree-burns Exploding-Samsung-Galaxy-phone-leaves-teenager-degree-burns Exploding-Samsung-Galaxy-phone-leaves-teenager-degree-burns Exploding-Samsung-Galaxy-phone-leaves-teenager-degree-burns