२६ असार, चीन । चीनको सान्सी प्रान्तमा निर्माणाधीन एक पर्खाल भत्किँदा सो निर्माणमा कार्यरत १२ कामदारको मृत्यु भएको छ ।

उक्त जानकारी सान्सी प्रान्तका स्थानीय अधिकारीहरुले बुधबार दिएका छन् । सो दुर्घटना स्थानीय समयअनुसार मङ्गलबार साढे ७ बजे बेलुका भएको पनि समाचारमा बताइएको छ ।

हालैका दिनमा जारी रहेको भारीवर्षाको कारण पर्खाल कमजोर भएर सो दुर्घटना भएको अनुमान गरिएको छ ।

यस दु्र्घटनास्थलमा उद्धारकार्य बुधबार बिहान सकिएको जनाइएको छ । सो दुर्घटनाको थप कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको बताइएको छ । सिन्ह्वा