park

११ पुस,काठमाडौ। काठमाडौं महानगरपालिकामा अब पार्किङ गरेको पैसा तिर्नु पर्दैन, अब पूर्वघोषणा अनरुप निःशुल्क पार्किङ कार्यान्वयनमा आउने भएको छ ।.

 

पुस १ गतेदेखि महानगर पालिकाले कार्यान्वयन गर्ने भनिएको निःशुल्क पार्किङविरुद्ध परेको रिटलाई पुनरावेदन अदालत पाटनले खारेज गरेपछी निशुल्क पार्किङको लागि बाटो खूलेको हो । न्यायाधीशद्वय शिवराज अधिकारी र हरिप्रसाद बगालेको इजलासले निःशुल्क पार्किङ विरुद्ध रिट खारेज गरेका हुन् ।

 

काठमाडौं महानगरपालिकाका राजश्व महाशाखा प्रमुख महेश काफ्लेले पूर्वघोषणाअनुसार काठमाडौं महानगर क्षेत्रका सार्वजनिक स्थलमा निःशुल्क पार्किङको व्यवस्था मिलाइने जानकारी दिए ।

, ‘पार्किङ शुल्क लिनेलाई कारबाही गर्छौं ।’ महानगरपालिकाले अनुगमन संयन्त्र बनाएर पार्किङ शुल्क लिनेलाई कारबाही गर्ने तयारी समेत गरेको छ ।

 

यस अघि महानगरपालिकाले पुस १ गतेदेखि लागू हुने गरी निःशुल्क पार्किङको निर्णय गरेको थियो । जसलाइ जय बंगलामुखी सप्लायर्सका सञ्चालक विनोद शाक्यले नगरपरिषद्को बैठक नबसी कार्यकारी प्रमुखले एकलौटी पार्किङ शुल्क हटाउने निर्णय गरेको दाबी गर्दै पुनरावेदनमा रिट दायर गरेका थिए ।