एजेन्सी।

कम्प्यूटर गेमप्रेमीहरूको लागि खुशीको खबर आएको छ। चर्चित कम्प्यूटर गेम ‘ग्राण्ड थेफ्ट अटो’ (Grand Theft Auto-GTA) को छैठौँ संस्करणको निर्माण कार्य सुरु भैरहेको रिपोर्ट प्राप्त भएको छ।

सन् २०१३ मा रिलिज भएको पाँचौँ संस्करण GTA 5 को वृहद सफलतापश्चात ‘रकस्टार’ कम्पनीका डेभलपरहरूले GTA 6 को निर्माणकार्य सुरु गरेका छन्। तथापी, गेममा कुन ठाउँ वा देशलाई समावेश गर्ने भन्ने बारे कम्पनीले अझसम्म निर्णय लिन सकेको छैन र यो नयाँ गेम कहिले रिलिज हुन्छ भन्ने कुरा पनि अस्पष्ट नै छ। पहिले पनि GTA 4 रिलिज भएको ५ वर्ष पछि मात्रै GTA 5 को रिलिज भएको थियो।GTA 5

रिपोर्टका अनुसार, गेमको लोकेशन अमेरिका नै हुने सम्भावना बढि देखिएको छ। किनभने यदि अमेरिकाभन्दा बाहिरको देशलाई राख्ने हो भने सोहि देशअनुसारको कार, सडक अनि अन्य विवरण समावेश गर्नुपर्ने हुन्छ। जसको लागि सोँचेको भन्दा बढि समय लाग्ने डेभलपरहरू बताउँछन्।

रकस्टार गेम्स कम्पनीले GTA 6 को रिलिज हुनुभन्दा पहिले यहि वर्षको अन्त्यमा अर्को नयाँ गेम ‘Red Dead Redemption 2‘ को रिलिज गर्ने खुलासा गरेको छ। तथापी, यो गेममा खास के छ अनि कुन मितीमा रिलिज हुन्छ भन्ने कुराको कम्पनीले खुलासा भने गरेको छैन।

यो पनि हेर्नुहोस्-
चीनमा यो मोबाइल गेमले प्रति महिना कमाउँछ १०० मिलियन डलर…
फेसबुक म्यासेन्जरमा ‘बास्केटबल’ गेम खेल्न चाहनुहुन्छ? त्यसो भए यसो गर्नुहोस्…
गेम अफ थ्रोन्सको नयाँ पोस्टर सार्वजनिक, जोन स्नो जिउँदै!