record holder dies while trying१६ वैशाख,काँकडभित्ता।  टुप्पीको मद्धतले टिस्टा नदि गर्ने खोज्दा एक भारतिय नागरिकले ज्यान गुमाएका छन् । भारत पश्चिम बंगालका शैलेन्द्रनाथ रायले टिस्टामाथी डोरीमा टुप्पीको सहायताले पार गर्न लाग्दा अड्किएपछि मृत्यु भएको हो। रायले आधा भन्दा बढि नदि पार गरेपछि अड्किएका थिए, उनि ४५ मिनेट जति अड्किएपछि मरेका थिए। उनि अड्किएपछि हृदयघात भएका कारण मरेको प्रहरीले जनाएको छ।
रायले टुप्पीकै सहायताले गिनिजबुकमा समेत नाम लेखाइसकेका छन्।
राजस्थानको माउण्ट आवुमा उनले टुप्पीमा झुण्डिएरै एक पहाडवाट अर्को पहाडसम्मको यात्रा तय गर्दै गिनिज वुक अफ दि वर्ल्ड रेकर्डमा नाम लेखाएका थिए भने उनले टुप्पीले सानो रेल समेत तानेर सवलाई चकित पारेका थिए। तर यसपटक भने उनि चुकेका थिए।

 

भिडियो पनि हेर्नस..

{source}

    <iframe width=”420″ height=”315″ src=”http://www.youtube.com/embed/HPDM6HwJZzI” frameborder=”0″ allowfullscreen></iframe>
{/source}