icc division 3 bermuda१६ वैशाख,काठमाडौ। नेपाली ब्याट्सम्यानले लज्जास्पद खेल देखाएपछि युगाण्डा विरुद्धको जारी खेलमा नेपाल ११६ रनमा रोकिएको छ।
हिजो अमेरिकासंग विशाल रन अन्तरले हारेको नेपालले आज पनि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो। तर कप्तान पारस खड्काको यो निर्णय सहि सावित हुन सकेन्।
युगान्डाको बलिङ सामु नेपाली ब्याट्सम्यानले घुँडा टेके र अत्यन्तै घटिया ब्याटिङ गर्दे नाक कटाए ।
यस्तो लाग्थ्यो नेपाली ब्याट्म्यानले पेभेलियनमा फर्कने रेस लगाएका छन्।
नेपालका ४ जना ब्याट्सम्यानले शुरुवात गरे पनि यसलाइ ठुलो स्कोरमा बदल्न सकेनन्।पुरै ५० ओभर पनि खेल्न सकी नेपाल ११६ रनमा अलआउट भयो। खेललाई जित्न नेपालेल युगाण्डलाई ११६ भित्र रोक्नु पर्ने हुन्छ । ११७ रनको जित लक्ष्य लिएर युगाण्डा केही छिनमा मैदानमा उत्रिदैछ।