knief stabbed७ असोज, काठमाडौ । एक बेरोजगार पतिले आफ्नो परिवारको खर्च जुटाउन नसकेपछी खर्च कम हुने बहानामा आफ्नै पत्नीको हत्या गरेका छन् । दुबईमा रहँदै आएका २३ वर्षीय एक भारतीयले पत्नीको हत्या गरेपछी खर्च दिनु नपर्ने र खर्च कम हुने भन्दै पत्नीको हत्या गरेका छन् । पत्नीलाई पारपाचुके दिनु भन्दा र मासिक रूपमा पैसा दिएर पाल्नु भन्दा हत्या गरेपछी त्यस्तो खर्च बेहोर्नुनपर्ने भन्दै पत्नीको हत्या गरेका छन् ।

ती युवकले आफ्ना एक २८ वर्षीय साथिसँग मिलेर पत्नीको हत्या गरेका थिए । सुतिरहेकी पत्नीको हत्या गरेपछी पत्नीको शवलाई एउटा झोलामा हालेर फुका क्षेत्रमा फ्याँकेका थिए । उक्त घटना गत मार्च ११ को भएको प्रहरीले जनाएको छ ।

ती युवककी पत्नीले युवकका बाबुसँग बारम्बार पतिले आफूलाई पिट्ने गरेको र पतिले निकै दुःख दिएको गुनासो बारम्बार फोनमा गर्ने गरेकी थिइन् । युवकका बाबुलाई भारतमा फोन गर्दा उनले आफूलाई छाडेर अन्य युवतीसँग लागेको समेत युवकका बाबुलाई बताएकी थिइन् ।

प्रहरीसँगको बयानका क्रममा भने ती युवकले आफूले पत्नीसँग पारपाचुके गर्न चाहेको तर आफू बेरोजगार भएकाले उसलाई पारपाचुकेपछी पैसा दिन नसक्ने र यसरी नै पालिरहन पनि नसक्ने भएकाले हत्या गरेको बताएका छन् ।