पृथ्वीबाट आकाशगंगाको तस्विर कस्तो देखिएला भन्नेम उत्सुकता सँधै हुने गर्छ । जब राती ताराहरुको चम्काई सुरू हुन्छ तब आकाशगंगाको दृश्य कस्तो होला भन्ने कल्पना हामीमध्ये धेरैले गरेको हुनसक्छ । यही कल्पनामा डुबेका एक फोटोग्राफर डेभिड सार्पले आकाशगंगाको रात्रीको दृश्यलाई आफ्नो क्यामरामा कैद गरेका छन् ।

निकै आश्चर्यजनक तथा अचम्मित पार्ने खालका तस्विरहरु डेभीडले आफ्नो क्यामरामा कैद गरेका छन् । उनले कैद गरेका ती तस्विरहरू निकै आकर्षक छन्, हामीले सायद कल्पना नगरेका दृश्यहरू पनि यसमा समावेश भएका छन् । सायद हामीले यस्तो दृश्य देखिएला भनेर कल्पना समेत मगरेका थिएनौ होला । तर, फोटोग्राफर डेभिडले खिचेका तस्विरले हामीलाई आकाशगंगाको रात्रीको रूपबारे प्रष्ट बनाइदिएको छ ।

डेभिडले यी तस्विरहरू घण्टौ लगाएर खिचेका हुन् । उनले यी तस्विरहरू लण्डनबाट लिएका हुन् । उनी निरन्तर आकाशगंगाको तस्विरहरू खिच्ने यस्ता दृश्यहरू सकेसम्म बाहिर ल्याउने सोचमा बर्षौदेखि तल्लिन थिए । उनले यी तस्विरहरूका लागी धेरै लामो समय कुरेको पनि उनको भनाई छ ।

तस्विरहरूमा ताराहरूको चम्काई र ताराहरूको अवस्थिति समेत देख्न सकिन्छ । ताराहरू कसरी रहेका छन् भन्ने बारे जिज्ञासा राख्नेका लागि पनि यी तस्विरहरुले थप जानकारी लिन मद्धत गर्न सक्छ ।

हेरौ उनले खिचेका केही तस्विरहरू…

Incredible-photographs-Milky-Way-impressive-star Incredible-photographs-Milky-Way-impressive-star Incredible-photographs-Milky-Way-impressive-star Incredible-photographs-Milky-Way-impressive-star Incredible-photographs-Milky-Way-impressive-star