india-celebrating-65th-republic-day3

१२ माघ, काठमाडौ । भारतमा आज ६५ औं गणतन्त्र दिवस मनाइएको छ । भारतमा सन् १९५० मा गणतान्त्रिक संविधान बनेर लागू भएको दिन जनवरी २६ मा गणतन्त्र दिवस मनाउने गरिन्छ ।

india-celebrating-65th-republic-day3

६५ औं गणतन्त्र दिवसको अवसरमा सन्देश दिंदै भारतका राष्ट्रपति प्रणव मुखर्जीले अराजकता शासनको विकल्प हुन नसक्ने बताएका छन् । साथै उनले जनतासँग पनि नेताले पूरा गर्नसक्ने मात्र वाचा गर्नुपर्ने बताउँदै वाचा पूरा हुन नसके त्यसको परिणाम मोहभंग हुने उल्लेख गरेका छन् ।

india-celebrating-65th-republic-day3

जनतामा मोहभंग उत्पन्न भएमा त्यसले सत्तामाथि नै प्रहार गर्ने उनको भनाई छ । आर्थिक उन्नति शंखेकीराको गतिमा भइरहेको टिप्पणी गर्दै उनले यो गति कुँदिरहेको घोडाको जस्तो तीव्र तुल्याउनु पर्ने उल्लेख गरेका छन् । समाजमा फैलिएको भ्रष्टाचारप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति मुखर्जीले भ्रष्टाचारको क्यान्सरले लोकतन्त्रलाई नै नष्ट गर्न सक्ने हुँदा यसमा सचेत हुन आग्रह गरेका छन् ।

india-celebrating-65th-republic-day3

आगामी चुनाव कसले जित्छ भन्ने सवाल भन्दा पनि भारतीय एकता र अखण्डता महत्वपूर्ण हुने उनको धारणा छ । भारतको ६५ औं गणतन्त्र दिवसको अवसरमा आज राजधानी नयाँ दिल्लीमा भारतीय सेना, कलाकार तथा मानवअधिकारर्मीले विशेष र्यालीको आयोजना गरिएको छ ।

india-celebrating-65th-republic-day3

विशेष समारोहमा भारतीय राष्ट्रपतिले झण्डोत्तलन गरेका छन् । समारोहका मुख्य अतिथि जापानी प्रधानमन्त्री सिन्जो आवे रहेका थिए । उक्त अवसरमा भारतले हतियार समेत प्रदर्शन गरिएका थिए । 

india-celebrating-65th-republic-day3

यसै अवसरमा नेपालस्थित भारतीय राजदूतावासले काठमाडौंको लैनचौरमा आज विशेष कार्यक्रम गरी गणतन्त्र दिवस मनाएको छ । नेपालका लागि भारतीय राजदूत रञ्जीत रेले गणतन्त्र दिवसको अवसरमा झण्डोत्तलन गरेका छन् । नेपालको विकास, निर्माण, व्यापार, जलविद्युत्, नदी नियन्त्रण, शिक्षा तथा कल्याणकारी कार्यका क्षेत्रमा छिमेकी राष्ट्र भारतले साझेदारी र सहयोग गर्दै आएको छ ।

india-celebrating-65th-republic-day3 india-celebrating-65th-republic-day3