नेपाली फिल्म क्षेत्रमा नायिका जिया केसीको प्रवेश पछि उनलाई सबैले अश्लिल फिल्ममा अभिनय गर्ने नायिकाका रुपमा चिन्दै आएका छन् । यो कुरा एकहदले सही पनि हो । पहिलो फिल्म ‘हो यही माया हो’ पछाडि अभिनय गरेका फिल्म ‘एटीएम’ र ‘रङ वे’को प्रोमो र संवादलाई हेर्ने हो भने यो कुरा एकहदसम्म सही नै हो जस्तो लाग्छ । यी दुई बाहेक अर्को नयाँ फिल्म ‘बर्बाद’को कुरा गर्दा उनी झन चर्चामा रहिन् किनकी यो फिल्मलाई सेन्सरबोर्डले करिब २५ पटक सेन्सर गर्नुपर्यो ।

jiya kc1

आगामी शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘बर्बाद’को पत्रकार सम्मेलनमा नायिका केसी आफुलाई लागेको ‘भल्गर फिल्म हेर्ने नायिका’को ट्यागलाई हटाउन स्पष्टीकरण दिईरहेकी थिईन् । ‘जिया भल्गर मुभी खेल्ने नायिका सोच्नु भ्रम हो,’उनी भन्दैथिईन्,‘यो फिल्म पूर्णता पारिवारिक कथामा आधारित छ ।’ उनले साडी लगाएर अभिनय गर्ने जमाना गइसकेको बताउँदै आधुनिक पहिरनमा अभिनय गर्दा सेन्सरको आपत्ति हुनु अनौठो भएको बताईन् । ‘पहिला पहिला साडी, चोलो लगाएर अभिनय गर्थे, त्यो बेला केही आपत्ति हुँदैन थियो,’ उनले भनिन्,‘तर अहिलेको जेनेरेसनलाई मिल्दो किसिमको फिल्म बनाउँदा त्यसलाई पास गराउन सिहदरबार पुग्नुपर्छ ।’ यसो भनि रहँदा उनीसँग रहेका फिल्म युनिट चाहिँ हाँसिरहेका थिए । नायिका जियाले निर्माता रमेशकुमार पाठकले चारवटा च्याङ्ग्रा काटेर खुवाउँदा निकै आनन्द आएको बताईन् ।

पछिल्लो समय नायक भुवन केसीसँग रोमान्समा गरेर झन विवादित बनेकी जियाको यस्तै फिल्मी हर्कतले कतै उनी दक्षिण भारतीय फिल्मकी सिल्क स्मिता त हुन्नन् भन्ने विषय उठेको छ ।