नायीका सांरगा श्रेष्ठ आमा बनेकी छिन् । केही दिन आमा बनेकी नायीका सारंगालाई लक्ष्मीको रूपमा आफ्नो सन्तानलाई जन्म दिएकी हुन् अर्थात् उनले छोरीलाई जन्म दिएकी हुन् । पाँच दिन अघि जन्मिएकी छोरीको नाम समेत राखिसकेकी छिन् सारंगाले, रितिशा ।

अमेरिका पलायन भएकी नायीका सारंगाले अमेरिकाको बाल्टिमोरस्थित एक अस्पतालमा छोरी जन्माएकी हुन् । उनले आफ्नो र छोरीको तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् । उनी र उनकी छोरी रितिशाको ती तस्विरहरू अस्पतालमा नै लिइएको जस्तो देखिन्छ ।

कुनै बेलाकी नेपालकी चर्चित नायीका सारंगाले एक गैर नेपालीसँग सम्बन्ध बिच्छेद गरेर अमेरिकामा नै रहेका म्याग्दीका रमेश कार्कीसँग कोर्ट म्यारिज गरेकी थिइन् । अमेरिका गएयता निकै कम मात्र नेपाल आएकी उनले सन्तान भएपछी नेपाल आउन सक्ने संकेत गरेकी थिइन् ।

हेरौ केही तस्विरहरू…

saranga with her daughter saranga with her daughter saranga with her daughter saranga with her daughter saranga with her daughter saranga with her daughter