३० भदौ, काठमाडौ । काठमाडौंको बालाजु बनस्थलीमा रहेको साझा पेट्रोल पम्प बाहिर एउटा मोटरसाइकलमा आगलागी भएको छ ।

मोटरसाइकलमा पेट्रोल राखेर स्टार्ट गर्न खोज्दा आगलागी भएको प्रहरीले जनाएको छ । बा ३५ प ४१७६ मोटरसाइकलमा तेल हाल्दा ओभर फ्लो भएर मोटरसाइकल भिजेको र मोटरसाइकल स्टार्ट गर्न खोज्दा आगो लागेको थियो । आगलागीबाट मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको छ । प्रहरी र स्थानीय मिलेर आगो नियन्त्रणमा लिएका छन् ।

आगो कसरी लाग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।