sita and ravanहामीले रामायणमा पढ्दै आएका छौ, सीता जनककी छोरी हुन् । उनलाई राजा जनकले खेत खन्ने क्रममा भेट्टाएका थिए । सीतालाई भेटेपछी जनक राजा बनेका थिए । यही विषयमा विभीन्न टेलिसिरियलहरू समेत बनेका छन् । तर, एकाएक सीता जनककी छोरी नभई रावणकी छोरी भएको बताइएको छ । यसले सबैलाई चकित बनाएको छ ।

हामीले पढ्दै आएको र हेर्दै आएको रामायणमा सीता जनककी छोरी भएको बताइँदै आएको छ । तर थाइल्यान्डको रामायण ‘रामाकिएन’मा भने सीता जनककी नभई रावणकी छोरी हुन् । सीता रावणको छोरी भएको र सोही छोरीका कारण आफ्नो वंश नाश हुने थाहा पाएपछी रावणले सीतालाई समुन्द्रमा बगाइदिएको थाइल्याण्डको उक्त रामायणमा उल्लेख गरिएको छ । समुन्द्रमा बगाइएकी सीता समुन्द्र किनारमा आईपुगिन् जहाँ जनक तपस्या गरिरहेका थिए ।

थाइल्याण्डको रामायणमा बताइए अनुसार रावणलाई सीता उसकी छोरी भएको थाहा थिएन् । सोही कारण सीतालाई विवाह गर्नका लागि सीताको स्वंयवरमा भाग लिन आइपुगेका थिए । तर, आफ्नै छोरीसँग विवाह हुनु सम्भव नभएकाले सीताको विवाह सीता आफ्नो छोरी भएको रावणलाई थाहा नहुँदै रामसँग भएको थियो । उनै सीताका कारण राम र रावणबीच युद्ध भएको र सीताकै कारण रावणको वंश नाश भएको थाइल्याण्डको रामायणमा उल्लेख छ ।

थाइल्याण्डका पहिलेका मानिसहरूले रामायणमा उल्लेख गरिएका अयोध्या, लंका र जनकपुर जस्ता सबै ठाऊँ थाइल्याण्डमा नै भएको अनुमान गर्ने गरेको समेत बताइएको छ । तर, जब नेपाल तथा भारतबाट मानिसहरू त्यता पुगे र यस बिषयमा चर्चा हुन थाल्यो तब त्यहाँका मानिसहरुले पनि बल्ल लंका, अयोध्या, जनकपुर भनेको आफ्नो देशमा नभइ अन्यत्रै रहेछ भन्ने थाहा पाएका थिए ।