२१ माघ,काठमाडौ। सरकारी मुखपत्र गोर्खापत्रमा मंगलवार एउटा अपत्यारिलो लाग्ने समाचार प्रकाशित भएको छ–‘दुई बर्षभित्रमा राजधानीमा मेलम्चीको पानी’ शीर्षकमा ।

gorkha patra melamchi news

काठमाडौको दुई पुस्ता मेलम्चीको पानी कुर्दाकुदै फाटिसक्यो । काठमाडौका रैथाने नेता गणेशमान सिंह पनि काठमाडौमा मेलम्चीको पानी ल्याउने कुरा गर्थे, उनका छोरा प्रकाशमान पनि काठमाडौमा मेलम्ची ल्याउने प्रतिबद्धता सहित चुनाव जितेका थिए ।

 

मेलम्चीको पानी काठमाडौको सदाबहार चुनावी नारा हो । तर तीन दशकदेखि चर्चामा रहेको मेलम्ची पानी दुई बर्षमा आउने समाचार पढ्दा पनि कतिपयले यसलाई ठट्टाको रुपमा लिने गर्छन । पत्याउनुहोस अब मेलम्ची काठमाडौमा आउने भयो । २०७३ वैशाख १ गतेदेखि काठमाडौ वासीले ह्योल्मो हिमालवाट आएको चिसो पानी पिउने भएका छन ।