4 dal meeting२० जेठ, काठमाडौ । प्रमुख चारशक्तिका शीर्ष नेताहरू सम्मिलित उच्चस्तरिय राजनीतिक संयन्त्रले आगामी संविधानसभा ४ सय ९१ सदस्यीय बनाउने सहमति गरेको छ ।

समितिको कार्यालय बानेश्वरमा आज बिहान बसेको बैठकले फागुन मसान्तमा भएको ११ बुदे सहमति अनुसार नै संविधानसभाको आकार सानो बनाउन सहमति गरेको एमाले नेता रघु पन्तले जानकारी दिएका छन् ।

बैठकमा निर्वाचन कानूनमा विवादित अन्य बिषयमा भने सहमति जुटन सकेन । थ्रेसहोल्ड नराख्ने र फौजदारी अभियोग लागेका व्यक्तिपनि उमेदवार हुन पाउने व्यवस्थाका सम्बन्धमा सहमति जुटन नसकेको पन्तले बताए । निर्वाचन कानूनमा पूरै सहमति नभएका कारण आजै निर्वाचन मिति घोषणा हुने संभावना टरेको छ ।

प्रतक्षतर्फ २४०, समानुपातीक तर्फ २४० र मन्त्रीपरिषदबाट ९ जना गरी ४९१ सदस्यीय संविधानसभा बनाउने यसअघिनै सहमति भइसकेको थियो ।

यसअघि माओवादी अध्यक्ष प्रचण्डले आज निर्वाचन मिति घोषणा हुने बताएका थिए ।