sushil bhanda hit२५ साउन, काठमाडौ । एक साता लामो भारत भ्रमण सकाएर नेपाली कांग्रेसका सभापति आज स्वदेश फर्किएका छन् । भारतबाट मंसीर ४ कै चुनावको पोको बोकेर आएका उनलाई विमानस्थलमा एक बुढाले छायाँमा पारिदिए । भारतमा हुँदा पत्रकार ऋषी धमलाका कारण भारतीय नेतासामू छायाँमा परेका कोइराला आज विमानस्थलमा एक बुढाका कारण छायाँमा परेका हुन् ।

विमानस्थलको विशिष्ठ कक्षमा उनका लागि तयार पारिएको क्यामरा तथा माइकको अगाडि एक बुढा बसिदिएपछि उनको निकै चर्चा चल्यो । भारत भ्रमणबाट फर्किँदै गरेका कोइरालाको निकै चर्चा हुनुपर्नेमा ती बुढाले उनको चर्चालाई छायाँमा पारिदिए । ती बुढा को हुन्, कुन पार्टीका हुन् कसैलाई थाहा छैन् । उनी प्राय सबै पार्टीका ठुला कार्यक्रममा उपस्थित हुने गर्छन् । तर उनले यसपटक भने सुशील कोइरालाको चर्चालाई छायाँमा पार्न सफल भएका छन् । भारतमा धमला र यहाँ यी बुढाले कोइराललाई छायाँमा पारेका छन् ।

विमानस्थलमा झर्नुअघि पत्रकारहरूमाझ प्राय नेताले ल्याउने सन्देश अर्थात् नेताले दिने अभिव्यक्तिका विषयमा निकै छलफल हुनुपर्नेमा आज भने ती बुढाको चर्चा बढी भएको थियो ।