datawind-pocketsurferआकाश र युबिस्लेट जस्ता सस्ता ट्याबलेट ल्याएर बजारमा सनसनी मच्चाएको कम्पनी डेटाविण्डले फेरी एक पटक बजारमा हलचल ल्याउने भएको छ । कम्पनीले भारतमा हालै सस्तो एक स्मार्टफोन सार्वजनिक गरेर बजारमा अर्को हलचल मच्चाउन थालेको छ ।

मात्र ५६ सय नेपाली रूपैयाँ अर्थात् करिब ३५ सय भारतीय रूपैयाँमा ५ इन्चको स्क्रिन भएको स्मार्टफोन बजारमा ल्याएपछी बजारमा नयाँ तरंग उत्पन्न भएको छ ।

कम्पनीले पकेटसर्फरका नयाँ तीनवटा स्मार्टफओन बजारमा ल्याएको हो । पकेटसर्फर ५ एक्स, पकेटसर्फर ५सी प्लस र पकेटसर्फर थ्री जि ५ नामक ती स्मार्टफोनमा एन्ड्रोइड अपरेटिङ सिस्टमको प्रयोग गरिएको छ भने निकै सस्तो मूल्यमा समेत बिक्री गर्न थालिएका कारण यसले बजारमा आफ्नो प्रभुत्व जमाउन सक्ने आकलन समेत गरिएको छ ।

यी सबै तीन स्मार्टफोनमा दुई सिम प्रयोग गर्न सकिन्छ । ५ एक्समा १ गिगाहर्जको प्रोसेसर, फ्रन्ट भिजिए क्यामरा, माइक्रोएसडी कार्ड सपोर्ट, ब्युटुथ र एफएमजस्ता सुविधाहरू रहेका छन् र यसको मूल्य ५६ सय राखिएको छ ।

यस्तै, ५ सी प्लसमा ५ इन्चको स्क्रिनका साथमा १ गिगाहर्जको प्रोसेसर, २ मेगापिक्सेलको क्यामेरा, फ्रन्ट भिजिए क्यामरा, माइक्रोएसडी कार्ड सपोर्ट, वाइ-फाई, ब्युटुथ र एफएमको सुविधा रहेको छ र यसको मुल्य ८ हजार रहेको छ ।

यसैगरी कम्पनीले ल्याएको अर्को स्मार्टफोन थ्री जी ५ मा पनि ५ इन्चको स्क्रिन, एन्ड्रोइड ४.२ जेलिविन, १.२ गिगाहर्ज प्रोसेसर, ५ मेगापिक्सेलको क्यामरा, फ्रन्ट भिजिए क्यामरा, माइक्रोएसडी कार्ड सपोर्ट, वाइ-फाई, ब्युटुथ र एफएमको सुविधा रहेको छ र यसको मुल्य १० हजार ४ सय रहेको छ ।