१६ फागुन, गजुरी । घरभित्र सुत्ने स्थान नभएर पिँडीमा सुतेकी एक चेपाङ सुत्केरी सोमबार राति १२ बजे बलात्कृत भएकी छन् । धुषा गाविस—९ ग्रन्सीवास निवासी ४२ वर्षीय मीनबहादुर आलेमगरले सुत्केरीलाई बलात्कार गरेकाले स्थानीयवासीको सहयोगमा प्रहरीले उनलाई हिजो पक्राउ गरेको छ। पीडित महिलाको पति घरमा नभएको अवस्थामा सुत्केरीलाई बलात्कार गरेकाले कडा कारबाही गर्नुपर्ने माग गर्दै पीडितका पतिले जिल्ला प्रहरी कार्यालय धादिङमा हिजै जाहेरी दर्ता गराएका छन् । 

पीडित महिलाको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।