१९ साउन, काठमाडौ । नेकपा माओवादीका सचिव रामबहादुर थापा बादलले मंसीर चारका लागि घोषित चुनाव उनकै शव्दमा कठपूतली सरकारलाइ सुद्रीढ गर्नमात्र हुन लागेको बताएका छन । त्यस्तो चुनावलाइ राष्टवादी शक्तिले रोक्ने उनको भनाइ छ ।
प्रगतिशील साहित्यकार खेम थपलियाले खेलेको पुस्तकको शनिवार राजधानीमा लोकार्पणगर्दै महासचिव बादलले वर्तमान सरकारले गराउने चुनावमा आफ्नो पार्टीले कुनैपनि हालतमा भाग नलिने बताएका हुन् । लोकतन्त्रको नाममा मुलुकलाइ सिक्किमीकरण गर्ने खेल भइरहेका कारण आफूहरुले मंसीरको चुनावको विरोध गरिरहेको उनले बताए ।
महासचिब बादलले कवी कलाकारलाइ निर्वाचनलाइ विफल बनाउने मोर्चामा लामबद्ध हुन अपील समेत गरेका छन । माओवादी अध्यक्ष मोहन बैद्यले पनि वर्तमान सरकारले गराउने चुनावमा भाग नलिने दोहोर्याएका छन ।
कागे्रस सभापति सुशील कोइरालासंगको भेटपछि अध्यक्ष बैद्यले मंसीरको चुनाव सारेर राजनीतिक दलको नेतृत्वमा सरकार गठन भएमात्र चुनावमा भागलिने बताएका हुन् ।