Satyagraha-Hindi-Movie‘चेन्नई एक्स्प्रेस’ २ सय करोड क्लबमा सामेल भएपछी प्रकाश झाले आफ्नो आगामी चलचित्र सत्याग्रहले १ हजार करोड कमाउने बताएका छन् । प्रकाश झाद्धारा निर्देशित चलचित्र सत्याग्रह यही शुक्रबारदेखी रिलिज हुँदैछ ।

प्रकाश झाले निर्देशन गरेको उक्त चलचित्रलाई धेरैले अन्ना हजारेको आन्दोलनलाई जोडेर हेरेका छन् । तर उनले भने उक्त चलचित्रमा अन्ना र उनको आन्दोलनको कुनै लेनदेन नभएको बताएका छन् ।

चलचित्रको प्रोमोसनको एक कार्यक्रममा प्रकाश झाले आफूले निर्देशन गरेको उक्त चलचित्र सबैलाई छुने खालको भएको बताएका छन् । उनले उक्त चलचित्र हेर्ने जोकोहीलाई पनि उक्त चलचित्रमा आफू पनि जोडिएको महशुस हुने बताएका छन् ।

सबैलाई छुने यस चलचित्रले यदी १ हजार करो कमाएपनि कुनै आश्चर्य नहुने बताएका छन् । ३० अगस्तमा रिलिज हुने यो चलचित्रमा बलिउडका स्टार अभिनेता अमिताभ बच्चन, अजय देवगण, अर्जुन रामपाल, करीना कपुर, अमृता राव र मनोज बाजपेईको मुख्य भुमिका रहेको छ । करीना यस चलचित्रमा पत्रकारको भुमीकामा रहेकी छिन् ।