upendra yadavउच्चस्तरीय राजनीतिक समितिसँग भएको सहमतिपछि मधेसी जनअधिकार फोरम नेपाल पनि निर्वाचनमा सहभागि हुने भएको छ । समानुपातिकको संख्या बढाउने उसको माग पुरा भएपछि चुनावमा होमिन लागेको हो । तर, तयारी भने भईनसकेको अध्यक्ष उपेन्द्र यादवले बताए । उनका अनुसार पार्टी पहिले चुनावमा नजाने तयारीमा भएपनि सहमति पछि अब चुनावी माहौलमा होमिन लागेको छ । असोजदेखि चुनावी अभियान तिव्र पार्ने उनको तयारी छ । प्रस्तुत छ, फोरम नेपालका अध्यक्ष यादवसँग नेपालीहेडलाईन्सले गरेको कुराकानीः

चुनावी तयारी कस्तो छ ?
– अहिलेसम्म त्यस्तो चुनावी तयारी अघि बढेको छैन । अब अघि बढाउँछौं ।

किन अहिलेसम्म पनि तयारी नगर्नुभएको ?
– अहिलेसम्म हामी निर्वाचनमा जाने भन्ने नै थिएन । त्यसैले तयारी गरेनौं । भर्खरै सहमति भएको छ । सहमति भएपछि चुनावमा जाने निर्णयमा पुगेका छौं तर तयारी भएको छैन । 

मधेसमा तपाईको संगठनको अबस्था कस्तो छ ?
– हाम्रो संगठनको अवस्था पहिले भन्दा पनि राम्रो छ । सबै मान्छेहरु हाम्रो पार्टीमा आकर्षित भएका छन् ।

चुनावी अभियानमा कहिलेदेखि लाग्नुहुन्छ ?
– अब छिट्टै लाग्छौं । हामीले असोज लागेपछि नै चुनावी अभियान अघि बढाउँछौं ।

चुनावमा एमाओवादीसँग गठबन्धन गर्दै हुनुहुन्छ रे हो ?
– होईन । अहिलेसम्म कसैसँग गठबन्धन गर्ने कुरा भएको छैन । पार्टीको त्यस्तो तयारी पनि छैन ।