Khalid Mohsen Al-Shaeri२७ माघ, एजेन्सी । सुन्दा पनि अचम्म लाग्न सक्छ, कुनै व्यक्तिले आफ्नो तौल ३ सय २० किलो घटायो भन्दा । तर, यो घटना सत्य हो, साउदी अरबका खालिउ अल शायरी नामका एक व्यक्तिले आफ्नो तौल ३ सय २० किलो घटाएका छन् । ६ सय १० किलोको शरिर भएका खालिदले आफ्नो तौल ३ सय २० किलो ग्राम घटाएर धेरैलाई चकित बनाएका छन् ।

 

६ सय १० किलो तौलका कारण हिड्न, डुल्न समेत गाह्रो भएको थियो । यति ठुलो शरिरलाई घटाएर उसलाई राहत दिने सोचका साथ उनलाई अस्पताल लगियो । उनको उक्त शरिरबाट तौल घटाउनु अवस्य पनि सामान्य काम भने थिएन ।

 

उनलाई उपचार गर्नका लागि ल्याउन पहिलो बाधा नै घरमा बन्यो । उनी बस्ने गरेको कोठाको ढोकाबाट उनी छिर्न सकेनन् । अन्ततः केही सिप नलागेपछि उक्त ढोका नै फोरेर उनलाई बाहिर निकालिएको थियो । त्यसपछि २० वर्षका शाहिदलाई फोर्कलिफ्टको मद्धतले उठाएर हेलिकप्टरमा राखियो र अस्पताल पुर्याइयो । यसपछि उनको अस्पतालमा सर्जरी गरियो ।

 

चिकित्सक आयद अल कहतानीका अनुसार खालिदको स्थिति राम्रो छ भने उनी अहिले कुर्सीमा बस्न सक्ने अवस्थामा छन् । उनको तौल अहिले २ सय ९० किलोको भएको छ । उनको खानपानमा नियन्त्रण गरिएको छ, ताकि उनको तौल त्यो भन्दा पनि कम होस् । खालिद ३० महिनासम्म आफ्नो कोठामा नै बन्द रहेका थिए । उनी बाहिर समेत निस्किन नसक्ने अवस्थाका कारण उनी आफ्नै कोठामा सिमित भएका थिए ।

 

सन् २०१३ को सुरूवातमा साउदी अरबका बादशाह अब्दुल्लाले खालिदको उपचारका लागि रियादको मेडिकल सिटीमा लैजान आदेश दिएका थिए । तर, उक्त कार्य तत्काल सम्भव भएको थिएन । उनलाई उपचारका लागि अस्पताल लानु अगाडि अस्पतालमा खाट निर्माण गरिएको थियो । शल्यक्रिया र ६ महिनाको उपचारपछि उनको तौल ३ सय २० किलो घटेको छ । अब अझै घटाउने प्रयत्न भइरहेको छ ।

{source}
<iframe width=”420″ height=”315″ src=”//www.youtube.com/embed/QHfTtQvY5KA” frameborder=”0″ allowfullscreen></iframe>
{/source}