६ चैत,एजेन्सी।   सयुक्त अरब इमिरेट्स(युएई) धैरै  पेट्रोलियम पदार्थ उत्पादन गर्ने मध्य एक देश हो । आफैलाई प्रयोग गर्न युएईलाई पेट्रोल-डिजेल नपुग्ने त कुनै भएन्। नेपालमा पनि डिजेल प्लान्टको कुरा चलिरहँदा युएईले भने संसारलाई छक्कै पार्दै  सवै भन्दा  ठुलो सोलार प्लान्टको स्थापना गरेको छ। तेलमा निकै धनि देश हुँदा समेत इन्धनको लागि संसारकै ठुलो सोलार पावर प्लान्ट बनाउन कसैले छेक्न सकेन युएईलाइ।
हो युएईले अवुधावीमा १०० मेगावाटको सोलार थर्मल प्रोजक्ट शुरु गरको छ, जसले युएईका हजारौ घर झिलिमिलि पार्नेछ भने करिब १ लाख ७५ हजार टन कार्वन मोनोअक्साइड उत्पादन हुनुबाट संसारलाई बचाउने छ।
६ सय मिलियनको लागतमा बनेको यो प्लान्ट निर्माणको लागि ३ वर्ष लागेको थियो । २.५ अर्थात २५८ वटा फुटवल ग्राउण्ड अट्ने क्षेत्रमा फैलिएको यो सोलार प्लान्टमा २ लाख ५८ हजार मिरर ७६८ वटा ट्रयाकिङ पाराबोलिक ट्रभ कलेक्टरमा राखिएको छ। यो प्रोजेक्टमा ड्राइ कुलिङ टेक्नोलोजी प्रयोग गरिएको जसले पानी खपत कम गर्दछ, जुन मरुभुमी शहर अवुधावीलाई निकै उपयोगी हुने विश्वास गरिएको छ।
यो सोलार प्लान्टमा सुर्यबाट आएको तापलाई वाइल फिटेड पाइपमा लगेर वाफ उत्पादन गरिन्छ जसले टरबाइन घुमाएर बिजुली निकाल्दछ। यो प्लान्ट युएईले फ्रान्सेली कम्पनी टोटल र स्पेनी कम्पनी एबेन्गोआसंग मिलेर बनाएको हो।
तेलको धनि युएईले समेत सौर्य उर्जामा दिएको विशेषको जोड अर्थ नेपाल जस्ता दैशले पनि बुझ्दा के खेर जाला र ?
तस्विरमा हेरौ युएईले हालै अवुधावीमा निर्माण सम्पन्न गरेको संसारकै सवै भन्दा ठुलो सोलार थर्मल  प्लान्ट ..

s 1

s 1 s 1 s 1 s 1 s 1 s 1