mohan vaidya२२ कार्तिक, काठमाडौ । नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले निर्वाचन कार्यक्रमलाई बिथोल्न आव्हान गरेको १० दिने आमहड्तालमा केही फेरबदल गरेको छ ।

नेकपा-माओवादी स्रोतका अनुसार निर्वाचनलाई प्रभावित तुल्याउन आव्हान गरिएको २५ गतेदेखि १० दिनसम्मको बन्दमा फेरबदल गरेको हो । मोर्चाले आव्हान गरेको बन्दको कार्यक्रम अनुसार २५ र २६ गते बन्द गरिने र २७, २८ र २९ गते खुला गर्ने तयारी गरिएको छ ।

त्यसपछि मंसिर १ देखि ४ गतेसम्म पुनः आमहड्ताल गर्ने माओवादी स्रोतले बताएको छ । दुई दिने आमहड्तालको ‘प्रतिक्रिया हेरेर’ हड्तालसँगै अन्य कार्यक्रम पनि सार्वजनिक गर्ने तयारी मोर्चाको गरेको बताइएको छ ।