काठमाडौं ।

नेपालमाथि अघोषित नाकाबन्दी गरेर राजनीतिक संकट बढाइरहेको भारतमा पनि नाकाबन्दीको विकल्प खोज्न ब्यापक दवाव बढिरहेको छ । संसदमा भएका बहस देखि पत्र पत्रिकाका सम्पादकीय पनि नेपालमाथि गरिएको ब्यवहारको विरोधमा लेखिने क्रम बढेको छ ।

भारतको चर्चित म्यागजिन इकोनोमिक एण्ड पोलिटिक विक्ली ‘इपीडब्ल्यु’ नामक साप्ताहिकले आफ्नो सम्पादकीयमा नेपालमाथि नाकाबन्दी गर्ने नरेन्द्र मोदी सरकारको नीतिको कडा आलोचना गरेको छ ।

PSW India editorial on Nepal

नेपालमाथि नाकाबन्दी गरेर मोदी सरकारले नेपालका अधिकाँश जनतालाई भारत विरोधी बनाएको र काठमाडौंसँगको कुटनीतिक तथा राजनीतिक सम्बन्ध समेत विगारेको उक्त सम्पादकीयमा उल्लेख गरिएको छ । मोदी सरकारको रबैयाले भारतले समर्थन र सदभाव देखाएको भनिएको मधेश आन्दोलन समेत कमजोर बनिरहेको र मधेशी झनै खतरामा परिरहेको समेत उल्लेख छ ।

modi bhasan nepal

भारतीय मुलका मधेशीहरुलाई नागरिकता दिन अस्वीकार गरिएको संविधान नेपालमा जारी भएको र यसमा पहाडे खसहरुको स्वार्थमात्र झल्केको भन्दै शुरु गरिएको सम्पादकीयमा भारतले संविधानलाई स्वागत नगरेर देखाएको आक्रामक ब्यवहार गलत भएको भनिएको छ ।

भारतले लगाएको नाकाबन्दी अघोषित भएपनि यो सरकारले जानजान गरिरहेको ब्यवहार भएको र मोदी सरकारले सन् १९८० को राजीव गान्धी सरकारले नेपालमाथि गरेको ब्यवहार दोहोर्‍याएको भन्दै सम्पादकीयमा आलोचना गरिएको छ । चीनको बढ्दो प्रभाव देखेर नाकबान्दी लगाउने गान्धी सरकारको ब्यवहार मोदी सरकारले दोहोर्‍याएको तर मधेशीहरुलाई देखाएर गरिएको नाकबन्दी मधेशीले गरेका होइनन् भन्ने सबैले बुझेको भनिएको छ ।

नेपालमा मोदीलाई पश्चाताप मात्र हात लाग्नेछ – भारतीय सम्पादक

भारतले लगाएको नाकाबन्दीले नेपाल चरम संकटमा परेको भएपनि भारतले चाहेको जस्तो राजनीतिक दवावमा पर्ने नपर्ने निश्चित नभएपनि नेपालमा मोदीको नीति असफल भएको पुष्टी भएको सम्पदकीयको निष्कर्ष छ । नेपाललाई पाठ सिकाउन वा जे सुकै कारणले गरिएको भएपनि नाकाबन्दीको नीति घातक सावित भएको भन्दै यो सम्पादकीयमा नेपालालाई चीनको काखमा धकेलिएको भनिएको छ । भारतले नेपालको आन्तरिक समस्या भनिएको मधेश आन्दोलन सल्टाउन भन्दा पनि नाकाबन्दी गरेर नेपालीहरुको जीवनलाई संकटमा पार्न मात्र खोजेको यो साप्ताहिकको निष्कर्ष छ ।

नेपालको अवस्थाले भारतलाई झनै बढी खतरा – भारतीय मिडिया रिपोर्ट (भिडियो सहित)

भारतीय जनताले वर्तमान मोदी सरकारको नेपाल नीतिले दक्षिण एसियाको क्षेत्रीय शक्ति बन्ने भारतीय सपनामा धक्का लागेको कुरा अनुभुत गर्न सम्पादकीयले आह्वान गरेको छ । भारतको पछिल्लो बरैयाले भारत क्षेत्रीय शक्ति भन्दा पनि क्षेत्रीय बोस अर्थात ‘हाकिम’ मात्र बन्न खोजेको देखिएको समेत सम्पादकीयको निष्कर्ष छ । सम्पाकीयको अन्त्यमा भनिएको छः यो नीति काम नलाग्ने, अनैतिक र खतरनाक छ ।

PSW India editorial on Nepal 1

.