रसिया र अमेरिका एक आपसमा कुटनीतिक सम्बन्ध बनाएका देश हुन। आपसी समझदारीबाट विकासका काम गर्न दुवै देशबीच सहमति पनि भएको थियो। तर सन् २०१४ मा भने यी देश बिचको सम्बन्ध धमिलिन पुग्यो। युक्रेनको संकट र सिरियाको गृहयुद्ध मुख्य कारण बने। आपसी व्यापारमा कटौती भयो अनि दुइ देशबीच शीतयुद्धको अवस्था सृजना हुन पुग्यो।

३० सेप्टेम्बर २०१५ पश्चात रसियाको सेनाले सिरियाको गृह युद्धमा हस्तक्षेप गरेपछि यसलाई प्रोक्सी वार (दुइ देश बीच अप्रत्यक्ष युद्ध) को नाम दिइएको छ। मिडियामा यसलाई विश्व युद्धको संघार भनि चर्चा गरिदैछ।

रसिया र अमेरिकाको तुलना

रसिया: क्षेत्रफल १७,०७५,४०० वर्ग किलोमिटर
अमेरिका: क्षेत्रफल ९,५२६,४६८ वर्ग किलोमिटर

रसिया: जनसंङ्ख्या १४६,२६७,९९९
अमेरिका: जनसंङ्ख्या ३१७,५५२,००१

रसिया: सेन्य खर्च ८७.८ बिलियन डलर
अमेरिका: सैन्य खर्च ६१२ बिलियन डलर

रसिया: परमाणु हतियार २५००/८००० (सक्रिय/कुल)
अमेरिका: परमाणु हतियार १९००/४७६०

आपसी सम्बन्ध
सन् १९९२ जनवरी २६ मा रसियन राष्ट्रपति बोरिस एलस्टिन अमेरिका भ्रमणमा गएका थिए। सोही वर्षको जुन १६मा रसियाले अमेरिकामा वासिङटन समिटमा भाग लिएको थियो।

जमिन र पानी पछि अर्को शक्ति केन्द्र अन्तरिक्षमा अध्ययन अनुसन्धान गर्न सन् १९९२ जुन १७ मा अमेरिका र रसिया बीच एक सम्झौता भएको थियो। सम्झौतामा बाहिरी अन्तरिक्षमा शान्तिको लागि सहकार्य गर्दै वैज्ञानिक अनुसन्धानको लागि काम गर्ने तय भएको थियो।

सन् १९९३ मा छलफल भएपश्चात अमेरिकाले रसियाको लागि १.८ बिलियन डलर बराबरको औषधी तथा खाध्यसामग्री दिने घोषणा गर्यो। सन् १९९४ फेब्रुअरी ३ मा पहिलो पटक अन्तरिक्ष मिसनको लागि रसिया र अमेरिका एक भएका थिए। लगतै १९९४ मै एक अर्कालाई निशाना बनाइ परमाणु हतियार परिक्षण गर्ने कार्य बन्द गर्ने तर्फ यी दुइ देश अगाडी बढेका थिए।

दुई देशबीचको आपसी सम्बन्ध बाहिरबाट राम्रो देखिए पनि कुटनीतिक तवरमा दुइ देशबीच विस्तारै चिसोपना आउन सुरु गरेको थियो। सन् २००३ मा अमरिकाले इराकमा सुरु भएको हस्तक्षेपको विरुद्धमा रसिया खुलेरै लागेको थियो।

सन् २००७ मार्चमा अमेरिकाले पोल्याण्डमा एन्टी ब्यालेस्टिक मिसाइल डिफेन्स राख्ने घोषणा गर्यो। जसको राडार चेक रिपब्लिकमा राखिने तय भयो। अमेरिकी अधिकारीहरुले यो डिफेन्स प्रणालीलाई इरान र उत्तर कोरियाले हान्न सक्ने मिसाइल आक्रमणबाट सुरक्षित रहन बनाएको भनेता पनि रसियालाइ यो कार्यलाई सम्भावित खतराको नजरले हेर्यो। जवाफमा रसियाले जुनसुकै सुरक्षा प्रणालीलाइ माथ दिन सक्ने भन्दै इन्टरकन्टिनेन्टरल ब्यालेस्टीक मिसाइल ‘आरएस-२४’ परिक्षण गर्यो। यो मिसाइलले निकै लामो दुरीमा प्रहार गर्ने सक्ने सामर्थ्य राख्छ। सन् २००८ जुन ३ मा रसियाले अमेरिकालाई सो सुरक्षा प्रणाली नबनाउन भन्दै पोल्याण्ड र चेक रिपब्लिकलाई मिसाइलको निशाना बनाउने चेतावनी दियो।

अक्टोबर १७ मा तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले तेस्रो विश्वयु्द्ध नचाहने हो भने परमाणु हतियार सम्बन्धि ज्ञान नसिकाउनु पर्ने भन्दै रसियन राष्ट्रपति पुटिनलाई संकेत गरेका थिए। सोही वर्ष पुटिन इरानलाई परमाणु शक्तिमा सहयोग गर्ने वाचाको साथ इरान पुगेका थिए।

सन् २००८ मा रसियाको सीमानामा अमेरिकी एन्टी मिसाइल डिप्लोए भए तत्कालै सैन्य जवाफ दिने पुटिले बताएका थिए।

भ्ल्यादमिर पुटिन र जर्ज डब्लु बुस

भ्ल्यादमिर पुटिन र जर्ज डब्लु बुस

बुसको कार्यकालमा रसिया र अमेरिका बीच बनेको चिसो सम्बन्ध सन् २००९ को जी२० समिटमा अलि कम भएको थियो।

सन् २०१० मार्च २४ मा परमाणु हतियारको निर्माण कम गर्न अमेरिकी राष्ट्रपति बाराक ओबामा र रसियन राष्ट्रपति दिमित्री मेडभेव बिच हस्ताक्षर भयो। लामो रेञ्जको परमाणु हतियार कम गर्न दुवै देश सहमत भएका थिए। तर मस्कोले परमाणु हतियारको सङ्ख्यामा कम गरेन।

सन् २०१२ मा पुटिन पुन: राष्ट्रपति भएपछि अमेरिकाले दुइ देशको सम्बन्ध आपसी समझदारीमा तय हुने बताएको थियो।

सन् २०१२ पश्चात अमेरिका र रसियाबीच झनै तनाव बढ्न थाल्यो। सन् २०१५ सेप्टेम्बर ३० मा रसियाले अमेरिकालाई सिरियामा मिलेर अपरेसन गर्न आग्रह गर्यो तर अमेरिकाले रसियासंग सिरियामा संयुक्त कारवाही चलाउन मानेन।

अक्टोबरमा बाराक ओबामाले रसियाले सिरियामा गरेको सैन्य क्याम्पेनलाई ‘विपत्ती लागि रेसिपी’ भन्दै टिप्पणी गरेका थिए।

बाराक ओबामा र भ्ल्यादमिर पुटिन

बाराक ओबामा र भ्ल्यादमिर पुटिन

परमाणु हतियार, दोस्रो देशमा सैन्य गतिविधि आदीको कारण यी दुइ देशको सम्बन्ध अहिले निकै तनावपुर्ण छ। टर्कीले रसियन विमान खसालेपश्चात अमेरिकी राष्ट्रपतिले टर्कीको दोष नभएको बताइसकेका छन्। रसियाले भने आफ्नो विमान खसालेकोमा प्रतिवाद गर्न सैन्य गतिविधि बढाएको छ।

टर्कीले आफ्नो लडाकु विमान गोली हानेर खसालेपछि क्रुद्ध बनेको रुसले युद्ध शुरु हुने संकेत गरेको छ ।

उत्तर एट्लान्टिक सन्धी संगठन नेटो सदस्य राष्ट्र समेत रहेको टर्कीले आफ्नो लडाकु विमान खसालेपछि रुस क्रुद्ध भएर युद्धको संकेत गरेको हो । पढ्नुस् के यो तेस्रो विश्वयुद्धको सुरुवात हो?

यो पनि पढ्नुस्।

कसले बढाउँदै छ तेस्रो विश्व युद्धको सम्भावना

संसारको सबैभन्दा शक्तिशाली सेना भएको ९ देश