कुशल श्रेष्ठ

तपाईँलाई रुघाखोकीले ग्रस्त बनायो, अब के गर्नुहुन्छ?

सायद, २/३ दिनसम्म त साधारण रुघाखोकी हो भनेर बेवास्था गर्नुहोला। साइनेक्स र डि-कोल्ड पनि खानुहोला। तर चौथो दिनमा घट्नुको सट्टा झन् बढ्न थाल्यो भने अब तपाईँको मनमा हलुका डर पस्न थाल्छ, शरीरभित्र कतै केहि नराम्रो भयो कि त? तर तपाईँसँग समय नै कहाँ छ र अस्पताल जाने? फेरि रुघाखोकी धेरै सहेर बस्न सकिने समस्या पनि होइन! ल त नि भनेर नजिकैको मेडिकलमा जानुहुन्छ। अनि राम्रैसँग रोग खुट्याउनको लागि त डाक्टरले रगत जाँच गराउनुपर्छ, खकार जचाउँनुपर्छ भनिहाल्छन्।

अब मनमनै सोँच्नुहुन्छ, ‘ल फसाद, रगत खकार जँचाएपछि एक्स-रे पनि गराउने होला अझै भएन भनेर दिसापनि जँचाउने होला, २/३ हजार त पक्कै लाग्छ, गोजिमा सुक्को छैन!’

तपाईँले त्यसको बिल तिर्नुभयो, अनि सबै कुरा जँचाएको रिपोर्ट आउने प्रतिक्षामा हुनुहुन्छ। अनि तपाईँ एकछिन त्यहिँ बस्ने क्रममा मोबाइल झिकेर चलाउँदै मनमा गन्थनमन्थन गर्न थाल्नुहुन्छ। आफ्नै स्वास्थ्यमा यस्तो हेलचेक्र्याइँ गरेकोमा पछुतो मान्दै हुनुहुन्छ-  गाँजर खायो भने शरीरको प्रतिरक्षा क्षमता बढ्छ अनि यस्ता रुघाखोकीलाई आउनै दिँदैन भन्ने त पढेकै थिएँ नि, फेरि पनि मैले किन आफ्नै स्वास्थ्यप्रति यस्तो खेलवाड गरेँ? दुइपोका चाउचाउ किन्नुको सट्टा, स्वास्थ्यकै लागि निकै हानिकारक चुरोटको खिल्ली किन्नुको सट्टा १५ रुपैयाँको गाँजर किनेको भए आज किन यस्तो हुन्थ्यो? किन्नु नै किन पर्थ्यो र? कोठाको साइडमा एउटा सानो खाली जग्गा छँदै थियो, फेरि गाँजरको सिजन आइरा’छ क्यारे। सानो पोका गाँजरको बिउ किनेर त्यहिँ छरिदिएको भए! यसको लागि त घरबेटि बाले पनि केहि भन्थेनन् होला नि। भान्छाबाट आएको फोहोरलाई त्यसैको लागि प्रयोग गर्न पाइन्थ्यो। नाकाबन्दीमा महङ्गो किन्न पनि पर्थेन! अस्पताल धाइराख्नुपर्थेन, हरे मेरो बुद्धि!”

यत्तिकैमा ल्याबबाट रिपोर्ट आइपुग्छ अनि रिपोर्टमा देखिएला ‘भाइरल इन्फेक्सन’, प्रतिरक्षा शक्ति कमजोर भएर बाह्य भाइरसले सङ्क्रमण गरेछ अनि त्यसको असर चाहिँ रुघाखोकी भएर देखा परेछ।

अब डाक्टरले भन्लान, “खासै डराउनुपर्ने अवस्था छैन, बढि चोसो, गुलियो अनि पिरो नखानुस्, अहिले यति औषधी लेख्देको छु, दिनको ३ चोटि खानुस्।”

अनि औषधी के हुन्छ त?- साइनेक्स, डि-कोल्ड र सिटामोल!

औषधी घटाउनुहोस्, सागसब्जी अनि फलफुल खानुहोस्। रोग लाग्नु भन्दा पहिले नै सावधानी अपनाएर जीवनशैली परिवर्तन गर्दा रोकथाम गर्न सकिन्छ।

Carrot Benefits in Table

रक्तचाप तथा रतन्धोको लागि गाँजर! गाँजरका अन्य ७ फाइदा
रुघाखोकीबाट ग्रसित हुँदा कस्तो फलफूल खाने र कस्तो नखाने?
रुघा र खोकीलाई घरमै बसीबसी निको पार्ने ८ विधि
दैनिक २० मिनेट व्यायाम गर्नुस, रुघाखोकीबाट जोगिनुस