३० बैशाख, काठमाडौ ।

निर्वाचन आयोगले भोली हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनमा ढुक्क भएर मतदान गर्न सम्पुर्ण मतदातालाई आग्रह गरेको छ ।

आयोगले पहिलो चरणको निर्वाचन हुने सबै क्षेत्रमा उच्च सुरक्षा व्यवस्थाको प्रबन्ध भईसकेकाले आफ्नो मताधिकार प्रयोग गर्न मतदातासमक्ष आग्रह गरेको हो ।

मतदानको पूर्वसन्ध्यामा आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादबले स्थानीय जनताका लागी आफ्नो जनप्रतिनिधि चुन्न यो निर्वाचन ऐतिहासिक अवसर भएको बताए ।

नले कस्तो जनप्रतिनिधि चुन्न भन्ने कुरो मतादाताकै हातमा रहेको उल्लेख गरे । आयोगका अनुसार भोली बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुने मतदानमा अपाङ्ग, अशक्त, ज्येष्ठ नागरिकलाई प्राथमिकता दिने व्यवस्था मिलाइएको छ ।

यस्तै दृष्टिबिहिनका हकमा भने नजिकका सहयोगीको सहायता लिएर मत खसाल्न पाउने व्यवस्था गरिएको छ । सरकारले निर्वाचन हुने सबै क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको बताउँदै यादवले केहि ठाउँमा मात्रै आपराधिक क्रियाकलाप भएको पाइएको बताए ।

उनले अहिले भएकाले हरेक घट्नालाई निर्वाचनसँग जोडेर प्रचार गरेर अतिरञ्जित नगर्न सञ्चारमाध्यमको ध्यानाकर्षण गराए । मन्त्रीबाटै आचार संहिता उलंघन भएको पत्रकारको जिज्ञासामा प्रमुख निर्वाचन आयुक्त यादवले लिखित उजुरी आए सम्बन्धितलाई स्पष्टिकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए कारवाहि गर्ने चेतावनी दिए ।