३ पुस, काठमाडौं ।

भारतले नेपालमा मिचेको जमिन फिर्ता गर्नु पर्ने माग गर्दै आएको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले एक चीन नीतिको पक्षमा पत्र बुझाएको छ ।

अवको रणनीतिः मार्शल लगाएर संसद सुचारु गर्ने मुडमा प्रचण्ड !

नेपालीको तीन दिने भ्रमणमा आइतबार काठमाडौं ओर्लिएका चिनियाँ कम्युनिष्ट पार्टी, पोलिटब्युटो तथा स्टेट काउन्सिल सदस्य लिउ जिबाओलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले विमानस्थलको भी.आई.पी. कक्षबाहिर ब्यानर राखेर स्वागत गर्दै एक चीन नीतिको पक्षमा समर्थन जनाएको हो ।

chinese-leader-at-airport-greater-nepal

नेपाल चीनको झण्डा सहित लिउ जिबाओेको तस्बिर अङ्कित ब्यानरका साथ उभिएका मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल, केन्द्रीय स्दस्य प्रकाश सुवेदी, सुरेश गिरी, ओम भुजेलले लिउ भी.आई.पी. कक्षबाहिर निस्किएपछि ‘‘नेपाल–चीन सम्बन्ध अमर रहोस्’’ र ‘‘नेपाल–चीन मित्रता सदृढ गरौँ’’ भन्ने नारा समेत लगाएका थिए ।

पत्याउनु हुन्छ ? यी कुरुप युवक सलमान भन्दा बढी चर्चित छन्

आफ्नो तस्बिर अङ्कित ब्यानरसहित उभिएका मोर्चाका प्रतिनिधिहरुतर्फ हेरेर मुस्कुराउँदै चिनियाँ कम्युनिष्ट पार्टीका एक प्रभाबकारी सदस्य लि जिबाओले हात हल्लाएर प्रतिक्रिया दिए ।

ट्रम्पले ट्वीटरबाट भने- चीनले चोरेको ड्रोन फिर्ता चाहिँदैन

त्यहाँ उपस्थित पत्रकारहरुसँग कुरा गर्दै मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले नेपाल सरकारले कुनै पनि हालतमा एक चीन नीतिलाई त्याग्नु हुँदैन र अमेरिका र भारतको पदचिन्ह पछ्याउँदै एक चीन नीति बिरुद्ध गएमा त्यो प्रत्युत्पादक हुने चेतावनी दिए ।