कुशल श्रेष्ठ

शारीरिक तथा मानसिक स्वास्थ्यको लागि ताजा सागसब्जी तथा फलफूलको अति आवश्यक पर्दछ। फोहोर खानाले हाम्रो पाचनप्रणालीको साथै अन्य विभिन्न समस्याहरू निम्त्याउँदछ। यस्ता समस्याबाट बच्नको लागि जस्तोसुकै फलफूल तथा सागसब्जीलाई पनि राम्ररी धोएर सफा गरेर मात्रै प्रयोग गर्नुपर्दछ । तर, धोएन भने के हुन्छ?

फलफूलमा के हुन्छ?

साधारणतयाः फलफूल र कुनै सागसब्जीहरू काँचै खाने गरिन्छ, त्यसैले गर्दा नै सुरक्षाको विषयमा विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ। फलफूल जतिसुकै ताजा होस्, त्यसले विभिन्न किसिमका रोग निम्त्याउने कीटाणुहरू (प्याथोजन) जस्तै; साल्मोनेला, क्यामपाइलोब्याक्टेरिया, लिस्टेरिया, आदि (Salmonella, Campylobacteria, Listeria, etc) बोकेको हुन सक्छ। साथै यसमा कीटनाशक औषधीको अंश पनि रहेको हुन सक्छ, जुन अति नै विषालु र ज्यानमारा हुन्छ।Nepali Vegetables

यस्ता कीटाणुहरू थोरै मात्रामा छन् र हामीले त्यसलाई खायौँ भने हाम्रो प्रतिरक्षा प्रणालीले सुरक्षा गर्दछ। तर जब हाम्रो प्रतिरक्षा प्रणाली कमजोर हुँदै जान्छ, ती कीटाणुहरूले हामीलाई भित्रैबाट आक्रमण गर्ने मौका पाउँदछ।

हालैका वर्षहरूमा, फलफूल तथा सागसब्जीहरूमा प्रयोग गरिने कीटनाशक विषादीको कारणले नेपालमा कैयौँ दुर्घटनाहरू भएको सुन्नमा आएका छन्। अमेरिकामा पनि गत वर्ष स्याउको कारण ‘लिस्टेरियोसिस’ (Lesteriosis) को बिगबिगीले ५० जना भन्दा बढिको मृत्यु भएको थियो।

धोएर सुरक्षित हुन्छ त?

फलफूल र सागसब्जीलाई विदेशमा निर्यात गर्दा राम्ररी धोएर त्यहाँ भएका धूलो अनि कीटनाशक विषादीहरू फालेर मात्रै निर्यात गर्ने गरिन्छ। धुनुलाई सबैभन्दा बढि प्राथमिकता दिइन्छ। यसरी धुँदा ब्याक्टेरियाहरूबाट छुट्कारा मिल्ने मात्रै होइन, फलफूलको ताजा हुने आयु पनि बढ्ने विज्ञहरू बताउँदछन्।

तथापी, धुनको लागि प्रयोग गरिने पानीको गुणस्तरले पनि उत्तिकै भूमीका खेलिरहेको हुन्छ। यदि पानी कम गुणस्तरको छ अर्थात फोहोर छ भने त्यसले झन् नराम्रो असर पर्न सक्छ। सबैभन्दा उचित उपाय भनेको प्रोसेसिङ गरिएको पानी (जारको पानी) ले धुनु हो। स्यानिटाइजिङ एजेण्ट (Sanitising Agent) जस्तै; पियूस, पोटास हालेको पानीले धुनु सबैभन्दा राम्रो मानिन्छ। यस्तो पानीले धुँदा फलफूलमा भएका माइक्रोब्याक्टेरियाहरूलाई पखाल्नुका साथै मार्ने काम पनि गर्दछ। फलफूल धुँदा निस्केको फोहोर पानीलाई करेसाबारी अथवा फूलको बिरुवामा राख्दा पनि त्यसको सही सदुपयोग हुन्छ।

यसरी धुँदा बाहिरी सतहमा भएका कीटाणुहरू त जान्छन्, तर कहिलेकाहिँ फलफूलमा लागेको चोट अथवा चिरिएको ठाउँबाट कीटाणुहरू भित्र गएर बस्न पनि सक्छन्। अनि हामीले त्यसलाई प्रयोग गर्ने बेलासम्ममा तिनीहरूको मात्रा एउटा बाट हजारौँ पुग्न सक्छन्। तसर्थ, धोएर मात्रै शतप्रतिशत सुरक्षीत हुन सक्दैन।Insects in Cauliflower

पकाउँदा पनि कतिपय कीटाणुहरू मर्ने गर्छन्, तर तिनीहरूको मृत शरीरबाट निस्कने पदार्थले स्वास्थ्यमा झन् बढि असर पुर्याउन सक्छ।

त्यसैले, सागसब्जी तथा फलफूल धुँदा शतप्रतिशत सुरक्षित नभएपनि केहि हदसम्म त्यसलाई नियन्त्रण गर्न भने सकिन्छ।

के गर्ने त?
  • फोहोर खानाबाट आउने अधिकांश समस्याहरूलाई रोकथाम गर्न सकिन्छ। तर प्रयोग गर्नुभन्दा अगाडि नै विचार पुर्याउनु जरुरी हुन्छ। आलु, मुला जस्ता साधारण आकार भएका सब्जिहरूलाई धुन त सजिलै हुन्छ तर काउली/ब्रोकाउली जस्तो तरकारीलाई धुन मुश्किल पर्दछ। त्यसैले यस्ता सब्जिहरूलाई धुँदा विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ। सफा पानीले काउलीको पत्रपत्र खोतलेर सफा गर्नुपर्छ। अझ राम्रो त तातो पानीको प्रयोग गर्दा हुन्छ।
  • सागसब्जि तथा फलफूलहरू किन्दा राम्ररी हेरेर मात्रै किन्नु पर्दछ। कुहिन लागेको, गिल्थिलिएको, घामले ओइलाएको अनि फुटेको तरकारीहरू नकिन्दै उचित हुन्छ।
  • खाना बनाउने भान्सा सँधै सफा राख्नुपर्छ। सबै परिकार बनाएर भ्याइसकेपछि ती परिकारहरूलाई छोपेर मात्रै वरिपरी सफा गर्नुपर्दछ।Dirt on Potatoes
  • विशेष गरी आलुमा कालो पदार्थ टाँस्सिएर बसेको हुन्छ, त्यो गाइबस्तुको प्राङ्गारिक मलको अवशेष हो। त्यसलाई राम्ररी पखालेर मात्रै प्रयोग गर्नुपर्दछ।
यो पनि हेर्नुहोस्-
एच.आइ.भी. एड्सको उपचारविधी र औषधी
यसकारण स्याउ धेरै खानुहुँदैन
न्युटनको टाउकामा स्याउ नखसेको भए के हुन्थ्यो?
छालालाई स्वस्थ कसरी राख्ने ? (टिप्स सहित)
यस्तो अवस्था भएको व्यक्तिले लसुन पटक्कै खानुहुँदैन