एजेन्सी।

संसारकै सबैभन्दा ठूलो क्रूज पानी जहाज (भ्रमण वा रमाइलोको लागि कुनै गन्तव्यबिना चल्ने पानी जहाज), जुन टाइटानिकभन्दा ९५ मिटर लामो छ, पहिलो चोटि बन्दरगाह छोडेर फ्रान्सबाट परीक्षण यात्राको लागि यात्रुबिना समुन्द्रमा निस्केको छ।

फ्रान्सको आइफिल टावरभन्दा ४० मिटर लामो विश्वकै सबैभन्दा ठूलो पानी जहाज गत मार्च ११ (शुक्रवार) मा समुन्द्री परीक्षणको लागि निस्केको हो।Harmony of the Seas- sea trial (2)

‘हार्मोनी अफ द सिज’ (Harmony of the Seas) नामको यस जहाज बनाउन करीब १.१३२ बिलियन अमेरिकी डलर लागेको निर्माणकर्ताहरू बताउँछन्। यसको तौल २ लाख २७ हजार टन रहेको छ।Harmony of the Seas- sea trial (1)

परीक्षणको लागि समुन्द्रमा निकालिएको हुनाले यस जहाजमा कुनै यात्रुहरू छैनन् र करीब ५०० जना चालक दलहरूले यस पानी जहाजलाई सोमबारसम्म परीक्षण गर्ने रिपोर्टले बताएको छ।Harmony of the Seas- sea trial (4)

Harmony of the Seas- sea trial (3)

तस्विर श्रोतः पिपुल्स डेली

यो पनि हेर्नुहोस्-
सर्वाधिक चर्चित फिल्म र पानीजहाज: टाइटानिकको १५ रहस्य
डुबेको पानीजहाज निकाल्न साढे दुई वर्ष, टाइटानिक भन्दा दुई गुणा थियो ठुलो
चीनमा फेरी भयो अनौठो काम, सदाको लागि सडकमा विमान
२३९ जना सहित हराएको विमान भेटिएकै हो त ? (तस्विर सहित)
चीनबाट सुरु हुन्छ प्रकृतिको कृति, हिमालय हुँदै बङ्गाल पुग्छ ‘ब्रह्मपुत्र’ नदी