२२ बैशाख, काठमाडौं ।

नेपालमा गत १२ बैशाखमा गएको विनाशकारी भूकम्पपछि अन्तराष्ट्रिय र राष्ट्रिय रुपमा राहत संकलन चलिरहेको छ । नेपालका मात्र नभएर बलिउडका कतिपय कलाकार समेत नेपाललाई सहयोग गर्नका लागि लागि परेका छन् ।

यसै क्रममा यस अघि आफ्नो संस्था विइङ ह्युमन भारतमा मात्र सञ्चालन भैरहेको र नेपाललाई कुनै सहयोग नगरेको भनेर ब्यापक आलोचना खेपेका बलिउड सुपरस्टार सलमान खानले नेपालको अवस्थाले आफू पनि दुःखी भएको र सहयोग गर्न चाहेको बताएका छन् ।

अघिल्लो पोष्टका कारण नेपाली फ्यानहरु आगो भएपछि सलमानले आफ्नो संस्था नेपालमा नभएपनि सीमाका कारण कुनै असर नपर्ने र नेपाली समुदायलाई सहयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा आफूले सोंचिरहेको जानकारी गराएका छन् ।

Salman New status on Nepal

आफ्नो संस्थाको सीमित श्रोतबाट के गर्न सकिन्छ भनेर आफूले विचार गरिरहेको जानकारी पनि उनले दिएका छन् ।

यस अघि सलमानले यस्तो लेखेपछि नेपालीहरु आगो भएका थिए

आमिर खानले भने नेपालको अवस्था देखेर आफ्नो मुटु छिया छिया भएको बताएका छन्