सलमान खानले संजय दत्तको विश्रामको लागि आफ्नै फार्महाउसमा एक विशेष कार्यक्रम गर्ने भएका छन्। सो कार्यक्रममा सञ्जयको लागि पार्टी पनि आयोजना हुने भएको छ।

पाँच वर्ष लामो जेल जीवनबाट मुक्ति पछि सञ्जय दत्तले सिद्धिविनायकमा गणपति बप्पाबाट आशीर्वाद लिए, आमा नरगिसको चिहानमा गएर श्रद्धाञ्जली दिए र बुवा सुनील दत्तलाई पनि याद गरे। परिवारका सदस्य लगायत आफ्ना फ्यानहरूसँग पनि घुलमिल भए। Sanjay dutt and Salman Khan Friendship (10)

सलमान र सञ्जय पहिल्यै देखि नै करिब थिए। दुवैजनाले कैयौँ फिल्म र टिभी शो मा पनि काम गरेका थिए। सञ्जयको अनुपस्थितीमा पनि सलमानले उनलाई साथ दिँदै आएका थिए।

अहिले सञ्जयलाई मीडियाबाट टाढा राख्नका लागि सलमानले एक विशेष योजना बनाएका छन्। खबरका अनुसार, सञ्जय आफ्ना परिवारका साथ सलमानको पनवेलस्थित फार्महाउसमा जानेछन्। ‘सुल्तान’को सुटिङ्गको लागि हिरयाणा जानुभन्दा पहिले सलमान पनि सञ्जयसँग केहि समय बिताउन चाहन्छन्।

हेर्नुहोस्, सलमान र सञ्जयको मित्रताका केहि यादहरूः

Sanjay dutt and Salman Khan Friendship (9)Sanjay dutt and Salman Khan Friendship (1) Sanjay dutt and Salman Khan Friendship (8) Sanjay dutt and Salman Khan Friendship (7) Sanjay dutt and Salman Khan Friendship (6) Sanjay dutt and Salman Khan Friendship (5) Sanjay dutt and Salman Khan Friendship (2) Sanjay dutt and Salman Khan Friendship (4) Sanjay dutt and Salman Khan Friendship (3)

यो पनि हेर्नुहोस्-

जेलमै सर्पले टोक्न खोज्दा मुस्किलले बाँचे सञ्जय दत्त

सलमानले ‘गर्लफ्रेण्ड’को हिन्दी सुधार्न निजी शिक्षक नियुक्त गराए
आधी रातमा अर्जुनले करिनालाई गरेको फोन उठाए सेफले
जेलबाट मुक्त भएपछि संजयले भने, ‘म आतंकवादी होइन’

पाँच वर्षको सँजाय पश्चात जेलमुक्त भए संजय दत्त