१० बैशाख, काठमाडौं ।

आज पूर्णिमा । पूर्णिमामा चन्द्रमा ठूलो आकारको देखिन्छ । तर आजको पूर्णमा विशेष छ किन भने आज राति चन्द्रमा सबैभन्दा सानो आकारमा देखिनेछ ।

‘मिनि मुन’ अर्थात ‘सानो चन्द्रमा’ भनिने यो संयोग १५ वर्ष पछि एक पटक पर्ने गर्छ ।

२०७३ कुन राशिका लागि कस्तो (विवरण र सुझाव सहित)

नेपाली समय अनुसार राति करिव ९ बजेर ५० मिनेटमा पृथ्वीको परिक्रमा गर्ने चन्द्रमा सबैभन्दा टाढाको दुरीमा पुग्ने छ । दुरीका कारणले चन्द्रमा सानो आकारमा देखिनेछ ।

mini moon

शक्रबार राति पृथ्वीदेखि करिव ४०६३५० किलोमिटर दुरीमा हुनेछ । सामान्यतः चन्द्रमा पृथ्वीबाट ३८४००० किलोमिटर टाढा रहन्छ । तर सामान्य आँखाले भने मिनि मुनलाई स्पष्टरुपमा देख्न कठिन हुनेछ । मिनि मुनका कारण चन्द्रमाको प्रकाश पनि कमजोर हुने छ ।

नासाले खिच्यो चन्द्रमाले पृथ्वीलाई घुम्दै गरेको अभूतपुर्व तस्विर

अव सन् २०३० को डिसेम्बर १० मा मात्र मिनि मुन देख्न पाइने छ । चन्द्रमा सबैभन्दा नजिक भएको दिनलाई भने सुपर मुन भन्ने गरिन्छ ।

चीनको खतरानाक योजना, चन्द्रमाबाटै पृथ्वीमा मिसाइल हान्ने