कुशल श्रेष्ठ

जब तपाईँलाई गर्न मन लाग्छ, तब गरिहाल्नुपर्छ– फेरि स्वास्थ्यको ख्याल पनि त गर्नुपर्यो, त्यसैले यो कुरा महत्वपूर्ण हुन आउँछ।

पिसाब रोक्ने चिज होइन। फाल्नुपर्ने चिज साँचेर राख्नु हुँदैन। किन रोक्नु हुँदैन पिसाब?
holding-pee

साधारण मूत्रथैलीमा करीब ४४३.६ मिलिलिटर पिसाब अटाउँदछ (८ गिलास पानी बराबर १८९२.७ मिलिलिटर हुन्छ) र धेरैबेरसम्म पिसाब रोक्नाले थैली फुल्न सक्छ। हाम्रो पिसाबथैलीको स्वचालित प्रतिक्रिया संयन्त्रले थैली भरिएपछि दिमागमा सङ्केत पठाउँछ र दिमागले तपाईँलाई तुरुन्तै नजिकैको चर्पीमा जान आदेश दिन्छ। तर यदि तपाईँले दिमागको आदेश मान्नुभएन भने, तपाईँको शरीरले कति बेला चर्पी जानुपर्छ भनेर थाहा पाउने क्षमता गुमाउन सक्छ’।

तपाईँले जतिलामो समय पिसाब रोक्नुहुन्छ, तपाईँको थैली त्यति नै बढी ब्याक्टेरियाहरूको घर बन्न पुग्छ। यस्तो ब्याक्टेरियाले मृगौला सम्म सङ्क्रमण फैलाउँन सक्ने हुँदा पिसाब रोक्दा ठुलो रिस्क मोल्नुपर्ने हुन्छ।

पिसाब रोक्दा के हुन्छ?

धेरै बेरसम्म पिसाब थामेर बस्दा थैली भरिएर फुल्दछ साथै त्यहाँ ब्याक्टेरियाहरूले घर बनाएर बस्ने अनि सङ्क्रमणको प्रक्रिया सुरु हुने थाहापाइसक्नु भयो। यस बाहेक, पिसाब रोक्दा यस्ता समस्या निम्तिन्छन्:

१. मूत्रनलीमा सङ्क्रमण

के होः मूत्रनली सङ्क्रमण (Urinary Tract Infection- UTI) भनेको पिसाबलाई थामेर राख्ने थैली र त्यसलाई प्रवाह गराउने नलीमा ब्याक्टेरियाले गर्ने सङ्क्रमण हो।

कसरी हुन्छः जब कुनै कीटाणु अथवा ब्याक्टेरिया हाम्रो पिसाबनलीहुँदै थैलीसम्म पुगेर सङ्क्रमण गराउँदछ, तब मूत्रनलीको सङ्क्रमण हुन्छ। धेरै बेरसम्म पिसाब थामेर बस्दा पनि ब्याक्टेरियाहरू पिसाबनलीसम्म आएर सङ्क्रमण गर्न सुरु गर्दछ। यसको चाँडै उपचार नगराएमा मृगौलामा समेत सङ्क्रमण हुन सक्छ।

लक्षणः धमिलो पिसाब आउनु, पिसाबमा रगत देखा पर्नु, जति बेला पनि पिसाब गर्न मन लाग्नु र हलुका ज्वरो आउनु।

रोकथामः यस्ता लक्षणहरू देखा परेमा तुरुन्त अस्पताल जानु पर्दछ। अनि डाक्टरले सानो किसिमको सङ्क्रमण हो कि मृगौला कै सङ्क्रमण हो भनेर छुट्याउँने गर्छन।

२. इन्टरस्टिसियल साइस्टिटिस (Interstitial Cystitis- IC)

के होः मूत्रथैलीको भित्ता सुन्निएर अत्याधिक पीडा हुनु नै ‘इन्टरस्टिसियल साइस्टिटिस’ हो।

कसरी हुन्छः विज्ञहरू भन्छन्, ब्याक्टेरियाको सङ्क्रमणले नै यस्तो हुन्छ। तर कसैले भने यसको कुनै ठेट कारण नभएको बताउँछन्। तर विशेष गरी धेरैबेरसम्म पिसाब थामेर बस्नेहरूलाई यस्तो समस्या बढी देखा परेको पनि विज्ञहरूको बुझाइ छ।

लक्षणः तल्लो पेट दुख्ने, दिनमा ६० चोटिभन्दा बढी पिसाब लाग्ने, पिसाबमा रगत देखा पर्ने।

रोकथामः अहिलेसम्म, यसको उपचार विधि पत्ता लाग्न सकेको छैन, तर दुखाइ कम गर्नको लागि भने व्यक्तिअनुसार उपचार गर्न सकिन्छ।

यो पनि हेर्नुहोस्-
पिसाबमा उमालेको अण्डाको यस्तो परिकार
गायीकाको पिसाबबाट बन्यो पर्फ्युम
अब मोबाइल पिसाबबाटै चार्ज गर्न सकिने
सबैले बेवास्ता गर्ने क्यान्सरका १० लक्षण
खाली पेटमा लसुन खानुका फाइदा