यो दुनियाँमा सबै भन्दा बढी चर्चा कुनै कुराको भएको छ भने त्यहो हो प्रेम ।

प्रेमको विषयमा जति गीत र कविता कुनै पनि विषयमा लेखिएका छैनन् । अधिकाँश कथा उपन्यास र चलचित्रको मुख्य विषय पनि प्रेम नै हुन्छ ।

मानिसहरु प्रेम किन हुन्छ र के हो प्रेम भन्ने विषयमा सदियौं देखि खोज र अनुसन्धान गर्दै आएका छन् ।

love

 

तर अझै पनि कसैले प्रेम यो हो र यसकारण हुन्छ भन्न सकेको छैन । बैज्ञानिकहरुले प्रेम किन हुन्छ भन्ने विषयमा विभिन्न तर्क अघि सारेका छन् तर ती पनि सर्वमान्य छैनन् ।

प्रेम एउटा अदभुत् अनुभव हो । मनोबैज्ञानिक अब्राहम मास्लोले प्रतिपादन गरेको सिद्धान्त दि निड हाइर्यार्की अर्थात अवश्यकता श्रृंखला अनुसार जव कुनै पनि ब्यक्तिको भौतिक अवश्यक्ता पुरा हुन्छ तव मात्र मायाँ प्रेम सम्बन्ध जस्ता कुराहरुको आवश्यक्ता पर्छ । यो नै प्रेमको मनोविज्ञान हो ।

love 1

 

त्यसैगरी प्रेमको त्रीकोणीय सिद्धान्त प्रतिपादन गर्ने मनोबैज्ञानिक रवर्ट स्टनवर्गका अनुसार आदर्श प्रेम त्योमात्र हुन्छ जहाँ आत्मीयता, प्रतिवद्धता र लगाव हुन्छ । यी तीन गुणले मात्र प्रेमलाई पूर्ण पार्ने उनको दावी छ ।

मन पराउनु नै प्रेम हो ?

अमेरिकी मनोबज्ञानिक जिक रुबीनका अनुसार रोमान्टीक प्रेम तीन कुराको मिश्रणले हुने गर्छ ति हुन् लगाव, हेरचाहर आत्मीयता ।

जसप्रति चासो राखिन्छ उसप्रति नै लगाव हुन्छ । उसकै ख्याल राखिन्छ र त्यसले आत्मीयता स्वतः बढाउँछ ।

भावनाप्रधान प्रेम ठिक हो त ?

हवाइ युनिभर्सिटी अफ साइकोलोजीका विशेषज्ञ इलियेनी हेटफिल्ड भन्छन् प्यासनेट प्रेम, तिव्र महत्वाकाँक्षा, अनुराग र चिन्ता एवं यौनिक आकर्षण यी तिन कुरा नभएको प्रेम छिट्टै हराउने दावी गर्छन् ।

love 2

 

यद्यपी एक अर्कापर्ति भरोसाआदरभावकायमै रह्यो भने सम्बन्ध कायम रहन्छ । प्रेम त्यस्तो चिज हो जहाँ एक अर्काप्रति समर्पित होइन्छ ।

के प्रेम हुनुमा हर्मोन जिम्मेवार छ ?

मानिसहरुमा प्रेम हुनुको प्रमुख कारण एण्डार्फिन नामक हर्मोन हो । जव कसैलाई आँखाले देखिन्छ त्यसको सन्देशी सोही हर्मोनका कारण दिमागमा पुग्छ र हर्मोन थप सक्रिय हुन्छ । हाम्रो शरीरमा विभिन्न रसायन पनि प्रेम बढाउनमा जिम्मेवार मानिन्छन् । जस्तै सेरोटोनिन मानिसक शान्ति दिने हुन्छ भने अक्सीटोसिनले उत्तेजना बढाउँछ ।

विवाहपछि प्रेम घटछ ?

विवाहपछि प्रेम घट्ने नै त होइन बरु जीवन परिवक्व हुँदै जाँदा किशोर अवस्थामा जस्तो पुरा प्रेमको अनुभव भने हुँदैन । त्यसैले विवाह गर्नु अघि एक अर्कालाई बुझेर मात्र विवाह गर्न सल्लाह दिने गरिन्छ । प्रेममा पागल हुनेहरुको नशा पनि केही समयमा उत्रने मनोबैज्ञानिकहरु बताउँछन् । तर समझदारी बढाउँदै लैजान जान्यो भने चाँहि जीवनभर प्रेम ताजा नै रहन्छ । 

love 3