Author: NHS

करेन्ट लागेर मृत्यु

५ असार, दमक । करेन्ट लागेर झापाको वैगुनधुरामा आज बिहान एक जनाको मृत्यु भएको छ । मोटर जोडेको ट्युबेलमा पानी चलाउने क्रममा अचानक करेन्ट लाग्दा गौरादह नगरपालिका–९ का ५२ वर्षीय डाकुमसिंह गिरीको ज्यान गएको हो । करेन्ट लागेर ढलेका घाइते गिरीको उपचारका लागि दमकतर्फ ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए । रासस...

Read More

कुनै पनि शक्तिले निर्वाचन रोक्न सक्दैन्ः पूर्वप्रम खनाल

५ असार, इलाम । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले असार १४ गते हुन गइरहेको दोस्रो चरणको निर्वाचनलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन् । इलाम सदरमुकाममा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता खनालले सरकारको लाचारीपनले गर्दा चुनाव सरेको उल्लेख गर्दै चुनाव सार्नुपर्ने कुनै कारण थिएन, भने । “मधेसका दुई चार जना नेताको अघि सरकारले लाचारीपन देखायो” उनले भने । पूर्वप्रम खनालले चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विचार व्यक्त गरे । जनतामा चुनावप्रतिको व्यापक उत्साह रहेको बताउँदै उनले तेस्रो चरणको निर्वाचन पनि तत्काल गर्नुपर्छ, भने ।...

Read More

बूढानीलकण्ठ छोडी प्रधानमन्त्री देउवा सपरिवार सरकारी निवास सरे

५ असार, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सरेका छन् । बूढानीलकण्ठस्थित आफ्नै निवासमा बस्दै आएका प्रधानमन्त्री देउवा आज विहानै सपरिवार बालुवाटार सरेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित देउवा दुई सातापछि मात्रै बालुवाटार सरेका हुन । देउवालाई ज्योतिषीहरुले आजको समय उपयुक्त हुने सुझाव दिए अनुसार देउवा विहान ६ बजे नै बालुवाटार सरेको पारिवारिक श्रोतले जनाएको छ । सरकारी निवासको बैठककक्ष, विश्रामकक्ष र भान्साको सामान्य पुनःनिर्माण र रङरोगन गरेपछि देउवा बालुवाटार सरेका हुन...

Read More

कांग्रेस र एमालेबीच झडप, एकजनाको मृत्यु

४ असार, बाजुरा। असार १४ गते हुने दोस्रो चरणको स्थानीय चुनावको मनोनयन गर्ने क्रममा बाजुरा जिल्लाको छेडेदह गाउँपालिकामा भएको दोहोरो झडपमा परि एक जनाको मृत्यु भएको छ । गम्भीर भएका भनिएका हंश बहादुर रावतको सदरमुकाम मार्तडी लैजाने क्रममा मृत्यु भएको हो । उनलाई उपचारका लागि सदरमुकाम मार्तडी ल्याइदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । मनोनयन गर्ने क्रममा मतदान अधिकृतको कार्यालय डोगडी स्थित स्वास्थ चौकीमा नेपाली काग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच दोहोरो झडप हुँदा ३० जना सामान्य घाइते भएका छन भने १ जना अझै गम्भीर घाइते भएको बताइएको छ । दुइ पक्षबीच ढुगांमुढा गरी...

Read More

हत्या गरिएको युवकको पहिचान भयो

४ असार, गौशाला । जलेश्वर–जनकपुर सडकखण्डअन्तर्गत कुटमेश्वरी नदी किनारमा घाँटी रेटेर हत्या गरी फालिएको युवकको पहिचान भएको छ । हत्या भएका सो युवक जिल्लाको महोत्तरी गाउँपालिका १ पर्सा गाउँ बस्ने ताहिर नदाफका छोरा २२ वर्षीय नजाम नदाफ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए । प्रहरी उपरीक्षक लम्सालका अनुसार शनिवार साँझ ७ बजेदेखि घरबाट गायब रहेका नजामको आज बिहान आफ्नै घरभन्दा २०० मिटर उत्तरमा रहेको कुटमेश्वरी नदीको बाँधमा धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । लाशको प्रकृति हेर्दा ४-५ जना व्यक्तिले युवक नदाफलाई समातेर घाँटी रेटी हत्या गरेको हुन सक्छ, प्रहरी उपरीक्षक...

Read More