potatosतरकारीको राजा मानिने आलुका स्वास्थको हिसावले निकै उपयोगी छ । खानामा आलु भएन भनेत तरकारी नै खल्लो हुन्छ । कुनै कुनै रूपमा आलूलाई खानामा समावेश गरिएकै हुन्छ । कहिले तरकारी, कहिले चिप्स, कहिले फ्रेन्च फ्राईको रूपमा आलुको प्रयोग भइनै रहेको हुन्छ । आलुको प्रयोग खानामा मात्र नभई सरसफाई गर्नका लागि पनि पनि प्रयोग गरिन्छ ।

 

सवैले रुचाउने आलु पोषिलो पनि मानिन्छ। एक औसत आकारको आलुमा मात्र ११० क्यालोरिज हुन्छ, यसमा फ्याट, सोडियम र कोलस्ट्रोल हुँदैन् ।

 

भाँडा सफा गर्नका लागिः आलुमा अक्जेलिक एसिड हुन्छ । यसकारण यसको प्रयोग फलामको भाँडा तथा शीशाको सफाइ गर्नका लागि पनि गर्न सकिन्छ ।

धातुको सामानमा भएको दागहरू मेटाउनका लागि पनि आलुको प्रयोग गर्न सकिन्छ । आलुमा नुन लगाएर भाँडा माझ्दा पनि धातुका भाँडामा लागेको दागहरू मेटिन्छ । यस्तै, शिशा चम्काउन पनि आलुको प्रयोग गर्नु फाइदाजनक हुन्छ । पहिले आलुलाई काँचमा रगडेर, सफा कपडा या कागजले पुछे शिशाको भाँडा या अन्य सामान चम्किलो हुन्छ ।

 

अनुहारको दाग हटाउनः आलुको रसको प्रयोगले अनुहारमा रहेको दाग-धब्बा हटाउनका साथै छालाको निखारता पनि ल्याउँछ । आलुमा हुने पोटासियम, सल्फर, फस्फोरस र क्याल्सियमको मात्रा छालाको सफाई गर्न मद्धत गर्छ । हरेक हप्ता एकपटक आलुको फेस मास्क लगाउनाले छालामा चम्किलोपना आउँछ ।

 

एन्टी-सेप्टिकः शरिरको कुनै भाग जल्यो भने, उक्त स्थानमा आलू लगाउनाले आराम दिन्छ । यति मात्र नभई शरिरको कुनै भागमा चिलाउने समस्या छ भने काटेको आलु रगड्दा पनि आराम मिल्छ ।
तरकारीको स्वाद नमिठो भएः यदी सुप वा तरकारीमा नुन अलि बढि भयो भने काटेको आलुको स-साना टुक्रा हाल्ने र एकछिन पकाउने । सुप या तरकारी तयार भएपछि आलुलाई निकाल्ने । यसो गर्नाले सुपको स्वाद ठिक हुन्छ ।

 

गहना सफा गर्नः यदी चाँदी या अन्य गहना काली भयो भने आलु उमालेर बाँकी रहेको तातो पानीमा डुबाइदिए या काटेको आलु रगडे, त्यसको पुरानो चमक पुन प्राप्त गर्न सकिन्छ ।

 

टाउको दुखाईमाः शिरमा काटेको काँचो आलु दल्नाले टाउको दुखाईमा कमी आउँछ । ठोक्किँदा या चोट लाग्दा छाला निलो हुन्छ । निलो भएको ठाऊँमा काँचो आलु पिसेर लगाउनाले फाइदा हुन्छ । चोट या दुखाईमा कमी आउँछ र दागहरू पनि हराएर जान्छ । पाचन सम्बन्धी बिमारीलाई काँचो आलुको रस निकै उपयोगी हुन्छ ।