१९ भदौ, काठमाडौं ।

नेपाली क्रिकेटमा देखिएको बिबाद समाधानका लागि नेपाल आएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) का पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

यसरी दिइयो प्रचण्डको परिवारमा विनालाई वैधानिकता !

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको आज भएको भेटवार्तामा आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेपछिको अवस्थाबारे छलफल भएको थियो ।

ICC delegate meet Prachanda

टोलीले नेपाली क्रिकेटको समस्या समाधानमा आईसीसी गम्भीर रहेको भन्दै विवादमा सहमति खोज्न आग्रह गर्दा प्रधानमन्त्री दाहालले विवाद निरुपणका लागि स्वतन्त्र क्रिकेट विकास बोर्ड गठन गरिने बताएका थिए ।

विवादित क्रिकेट संघका पदाधिकारीले पनि नियमानुसार बोर्ड गठन भए स्वीकार्य हुने बताउँदै आएका छन् । भेटवार्तामा आईसीसीका तर्फबाट एसोसिएट प्रमुख ईमरान ख्वाजा, डेभलोपमेन्ट अफिसर अमर शेख आज र सिइओ डेभिड रिर्चाडशन सहभागि थिए । यूवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइली, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्ट पनि भेटवार्तामा सहभागि थिए ।

राष्ट्रपतिद्वारा देशभर अराजकता मौलाएको घोषणा

व्यवस्थापकीय असक्षमताका बीच दुईवटा क्रिकेट संघ बनेपछि आइसीसीले चार महिनाअघि नेपाल क्रिकेट संघलाई निलम्बन गरेको थियो ।

कसैको स्तन त कसैको हात खुट्टा, भाइरल भएका ८ अनौठा तस्बिर