२३ भदौ, एजेन्सी । एप्पलले आइफोनको लेटेस्ट भर्जन आइफोन इलाभेन लन्च गर्ने तयारी गरेको छ । भोली १० सेप्टेम्बरमा लन्च गर्न लागेको आइफोनका फिचर्स, स्पेशिफिकेशन र फोटो लगातार सार्वजनिक भइरहेका छन् ।

यसको लन्च अघि नै यसको दुरुस्तै चीनियाँ बजारमा आइसकेको भारतीय संचारमाध्यामले जनाएका छन् । एप्पलले आइफोन इलाभेन, आइफोन इलाभेन आर र आइफोन इलाभेन म्याक्सको लन्च गर्नेछ । भोली राति हुने विशेष समारोहमा एप्पलले आइफोनबाहेक अन्य सामान पनि लन्च गर्नसक्ने बताइएको छ ।

आइफोन इलाभेनको लन्च हुनेवित्तिकै एक हजार डलर पर्न सक्ने अनुमान गरिएको छ । यद्यपी यसको आधिकारिक मूल्य कम्पनीले लन्च भएपछि तोक्नेछ । नेपालमा यसको मूल्य एक लाखको हाराहारीमा पर्न आउँछ । आइफोन इलाभेनमा एप्पले आफ्नो लेटेस्ट अपरेटिङ सिस्टमा आइओस १३ दिनेछ । चीनले निकालेको उस्तै फोनमा आइओस १२ अपरेटिङ सिस्टम दिइएको छ । मूल्य उस्तै पर्ने तर सामानको गुणस्तर भने अवश्य नै आइफोन ११ को हुनेछ ।